नेप्से परिसूचक २४ अङ्कले ओरालो
काठमाडौँ । गत तीन दिन बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार चौथो कारोबार दिन भने दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २४ दशमलव ४५ अङ्कले घटेर दुई हजार ९३५ दशमलव ९४ को विन्दुमा कायम भएको हो ।
आज ३४५ कम्पनीको तीन करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर एक लाख ३८ हजार २५६ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब नौ करोड चार लाख १६ हजार ८४६ बराबरको कारोबार भएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४८ र व्यापार समूह तीन दशमलव ४५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ एक दशमलव ४०, विकास बैंक दुई दशमलव ३२, वित्त दुई दशमलव ०९, होटल तथा पर्यटन शून्य दशमलव ०५, जलविद्युत् शून्य दशमलव १६,लगानी शून्य दशमलव ५३ र जीवन बिमा समूह एक दशमलव ३९ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्त एक दशमलव ६४, म्युचुअल फन्ड शून्य दशमलव ३४, निर्जीवन बीमा एक दशमलव १५ र अन्य समूह एक दशमलव ७० प्रतिशतले घटेको छ।
रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ७४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु ५२ करोड ४७ लाख ४७ हजार ५९३ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको १६ लाख ७६ हजार ६२६ कित्ता शेयर किनबेच भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण