सिद्धार्थ बैंकद्वारा ‘ग्लोबल मनी विक २०२६’ का अवसरमा विभिन्न कार्यक्रम सम्पन्न
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्यले सन् २०२६ मार्च १६ देखि २२ सम्म मनाइएको “ग्लोबल मनी विक २०२६” को अवसरमा सप्ताहभर विविध कार्यक्रमहरू आयोजना गरी सम्पन्न गरेको छ ।
यस वर्षको नारा 'Smart Money Talks' लाई सार्थक बनाउने प्रयास स्वरूप बैंकले देशका सातै प्रदेशका विद्यालय एवं क्याम्पस गरी ३८ स्थानमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको थियो ।
बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई विद्यार्थीहरूको वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रममा २,१७१ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
यसैगरी, विद्यार्थीहरूलाई बैंकको आधारभूत बैंकिङ्ग सञ्चालन र विभिन्न बैंकिङ्ग माध्यमहरूबारे व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले ४७८ जना विद्यार्थीहरूलाई बैंकका विभिन्न शाखाहरूमा भ्रमण समेत गराइएको थियो । “ग्लोबल मनी विक २०२६” अन्तर्गत बैंकले कुल ५१ वटा कार्यक्रमहरू मार्फत २,६४९ विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरेको छ ।
देशका सबै वर्ग, क्षेत्र र समुदायसम्म वित्तीय सेवाको पहुँच विस्तार गरी सर्वसाधारणलाई वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यले बैंकले उक्त कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ । यसका साथै सप्ताहभरि दैनिक रूपमा सामाजिक सञ्जाल मार्फत जानकारीमूलक सामग्रीहरू समेत प्रकाशन गरिएको थियो ।
वित्तीय सचेतनाको आवश्यकता र महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने प्रयास स्वरूप गरिएका यी कार्यक्रमहरूबाट “ग्लोबल मनी विक” का मूल उद्देश्यहरू हासिल गर्न सकारात्मक योगदान पुगेको बैंकको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लज्जावती’ले सार्वजनिक गर्यो कलाकारको क्यारेक्टर लुक्स
-
निष्ठा र नियतिका घाउ !
-
इजिप्टले सुरुमै अग्रता बनायो, इरानलाई झट्का
-
विश्वकप समूह ‘जी’का दुई खेल सुरु, बेल्जियम–न्युजिल्यान्ड र इजिप्ट–इरान आमनेसामने
-
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
-
युद्धविरामबिच इरान–अमेरिका हानाहान, हिजबुल्लाहले इजरायल–लेबनान सम्झौताको खाका नस्विकार्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण