इरानलाई ह्वाइट हाउसको चेतावनी: वार्ता सफल नभए अहिलेसम्मकै ठुलो प्रहार झेल्नुपर्नेछ
सारांश
- ह्वाइट हाउसले इरानलाई कडा चेतावनी दिँदै ट्रम्प शान्ति चाहन्छन् तर सैन्य कारबाहीका लागि तयार रहेको बताएको छ।
- ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पको प्राथमिकता थप रक्तपात रोक्नु रहेको बताइन्।
- इरानले वर्तमान अवस्था नबुझे सैन्य कारबाहीको चेतावनी दिँदै ह्वाइट हाउसले कडा प्रतिक्रिया जनाएको छ।
काठमाडौँ । ह्वाइट हाउसले इरानलाई एक कडा र स्पष्ट सन्देश दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्प शान्तिपूर्ण मार्गको पक्षमा भए पनि आवश्यक परे सैन्य कारबाहीलाई अझ सशक्त बनाउन तयार रहेको चेतावनी दिएको छ ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पको प्राथमिकता थप रक्तपात रोक्नु रहेको बताइन्। उनले भनिन्, ‘राष्ट्रपतिको प्राथमिकता सधैं शान्ति नै हो । अब थप मृत्यु र विनाश हुनुपर्ने कुनै आवश्यकता छैन ।’
ह्वाइट हाउसले इरानलाई वर्तमान परिस्थितिको गम्भीरता बुझ्न चेतावनी समेत दिएको छ । लेभिटले थपेकी छन्, ‘यदि इरानले वर्तमान यथार्थलाई स्वीकार गर्न असफल भयो र आफू सैन्य रूपमा पराजित भइसकेको र आगामी दिनमा पनि पराजित भइरहने कुरा बुझेन भने, राष्ट्रपति ट्रम्पले इरानमाथि यस्तो प्रहार सुनिश्चित गर्नुहुनेछ जुन उसले यसअघि कहिल्यै भोगेको थिएन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण