मिसाइलको अवशेष खस्दा अबुधाबीमा दुई जनाको मृत्यु
बिहीबार, १२ चैत २०८२, १३ : ४६
सारांश
- आबुधाबीमा ब्यालिस्टिक मिसाइलको अवशेष खस्दा दुई जनाको मृत्यु भएको छ।
- स्वीहान स्ट्रिटमा खसेको अवशेषले तीन जना घाइते हुनुका साथै केही सवारी साधनमा क्षति पुगेको छ।
- इरानले यूएईमाथि व्यापक आक्रमण गरिरहेको अवस्थामा यो घटना घटेको हो।
अबुधाबी । संयुक्त अरब इमिरेट्सको आबुधाबीमा ब्यालिस्टिक मिसाइलको अवशेष खस्दा दुई जनाको मृत्यु भएको छ ।
स्थानीय प्रशासनका अनुसार उक्त अवशेष शहरको पूर्वी क्षेत्रमा पर्ने स्वीहान स्ट्रिटमा खसेको थियो । यसले थप तीन जनालाई घाइते बनाउनुका साथै केही सवारी साधनमा क्षति पु-याएको बताइएको छ । मृतकहरूको पहिचान भने अझै खुलाइएको छैन ।
पश्चिम एशियामा जारी द्वन्द्वका बीचमा इरानले यूएईमाथि व्यापक प्रतिकारात्मक आक्रमण गरिरहेको छ ।
बिहीबार बिहानैदेखि इरानी मिसाइल र ड्रोनहरू अवरोध गरिएको जानकारी अधिकारीहरूले दिएका छन् । घटनाको क्रममा रातभर अबुधाबीमा ठूलो विस्फोटजस्ता आवाजहरू सुनिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
-
सल्यानका ८ स्थानीय तहले ल्याए बजेट
-
दैलेखका १० स्थानीय तहले ल्याए ६ अर्ब २८ लाखकाे बजेट, आठबीसले ल्याएन
-
श्रीमतीको हत्या गरी फरार श्रीमान् पक्राउ
-
यस्ता छन् भक्तपुरका स्थानीय तहहरूको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण