बिस्केट (बिस्काः) जात्रालाई शान्तिपूर्ण बनाइने
भक्तपुर । आठ रात नौ दिन लामो भक्तपुरको प्रसिद्ध बिस्केट (बिस्काः) जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्पूर्ण सरोकारवाला सहमत भएका छन् ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आज बसेको बैठकले प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने निर्णय गरेको छ । सो बैठकमा जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, भक्तपुर नगरपालिकालगायतका सरोकारवाला निकाय निर्णयमा सहमत भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सबैको साझा ऐतिहासिक बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैले आफ्नो क्षेत्रबाट सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले बिस्का जात्राको हालसम्मको तयारीबारे जानकारी गराउँदै भैरब र भद्रकालीको रथ निर्माण जारी रहेको, रथ तान्ने डोरीलगायत बली दिने बोकासहितको ठेक्का लगाइ सकिएको तथा जात्रा सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको जानकारी दिए ।
जात्रा यही चैत २७ गते सुरु भई आगामी वैशाख ५ गते सम्पन्न हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण