प्रधानमन्त्री बालेन शाहलाई ओली र पोखरेलले दिए बधाई
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनेकोमा बधाई दिए।
- ओलीले सामाजिक सञ्जालमार्फत शाह र मन्त्रिपरिषद्का सदस्यहरूलाई बधाई तथा शुभकामना दिए।
- महासचिव पोखरेलले पनि फेसबुक पोस्टमार्फत शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् । शुक्रबार प्रधानमन्त्रीको शपथ लिएपछि अध्यक्ष ओलीले सामाजिक सञ्जाल मार्फत शाहलाई बधाई दिएका हुन् । ओलीले शाहसँगै शुक्रबार गठन भएको मन्त्रिपरिषद्का सबै सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई । नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले बधाई दिँदै भनेका छन् ।
यस्तै, एमाले महासचिव पोखरेलले पनि नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले शाहलाई सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण