नवनियुक्त प्रधानमन्त्री शाहलाई चीनले दियो बधाइ
शुक्रबार, १३ चैत २०८२, २३ : ४९
सारांश
- नवनियुक्त प्रधानमन्त्री शाहलाई चीनले बधाई दिएको छ।
- चीनले नेपालको सार्वभौमिकता र विकासमा सहयोग गर्ने कुरा उल्लेख गरेको छ।
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहलाई चीनले बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा आज चीनका तर्फबाट प्रधानमन्त्री शाहलाई बधाई दिए ।
साथै उनले परम्परागत मित्र र छिमेकीका रूपमा, चीनले सधैँ नेपाललाई आफ्नो स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउन, साथै एकता, स्थायित्व, विकास र समृद्धि हासिल गर्न सहयोग गर्दै आएको उल्लेख गरे ।
सो अवसरमा प्रवक्ता लिनले चीन नयाँ नेपाली सरकारसँग मिलेर परम्परागत मित्रतालाई अझ सुदृढ बनाउन, व्यावहारिक सहकार्यलाई गहिरो बनाउन तथा विकास र समृद्धिका लागि दीर्घकालीन रणनीतिक सहकार्य साझेदारीलाई अघि बढाउन तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण