नवनियुक्त प्रधानमन्त्री शाहलाई बेलायतको बधाइ
शनिबार, १४ चैत २०८२, ०० : ३०
सारांश
- बेलायतले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको छ।
- बेलायत र नेपालबीचको सम्बन्ध आधुनिक साझेदारीतर्फ अघि बढिरहेको छ।
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त अधिराज्य बेलायतले बधाई दिएको छ । यहाँ स्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत शाहलाई प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेकामा बधाई ज्ञापन गरेको हो ।
नेपालसँग बेलायतको मित्रता अब आधुनिक साझेदारीतर्फ रूपान्तरण भइरहेको र यसले वर्तमान आवश्यकताहरू आर्थिक वृद्धि, युवा रोजगारी, तथा जलवायु उत्थानशीलतामा केन्द्रित रहेको दूतावासले उल्लेख गरेको छ ।
नयाँ सरकारले आफ्ना प्राथमिकताहरू तय गर्दै जाँदा, यी तथा अन्य क्षेत्रमा सहकार्य गर्न उत्सुक रहेको दूतावासको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण