नेपाल कबड्डी लिग : यी हुन् ६ सहरका ६ टिमका मालिक
सारांश
- नेपाल कबड्डी लिग सिजन २ मा प्रतिस्पर्धा गर्ने ६ टिमका मालिक सार्वजनिक गरिएको छ ।
- विराटनगरको टिमको नाम परिवर्तन गरी विराटनगर बाहुबली बनाइएको छ भने जनकपुर नाइट्सको स्वामित्व यथावत् छ ।
- एनकेएलको दोस्रो सिजन जेठ २२ गते सुरु हुने र १५ देशका खेलाडीले नाम दर्ता गरेका छन्।
काठमाडौँ । नेपाल कबड्डी लिग सिजन–२ मा प्रतिस्पर्धा गर्ने ६ टिमका मालिक सार्वजनिक गरिएको छ । आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टद्वारा होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममार्फत फ्रेन्चाइज टिमका मालिक सार्वजनिक गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको नेसनल इन्भेष्टमेन्ट होल्डिङ प्रालिले विराटनगरको टिम लिएको छ । र, यो टिम नाम परिवर्तन गर्दै विराटनगर ब्यान्डिट्सबाट विराटनगर बाहुबली बनेको छ । पहिलो संस्करणको च्याम्पियन जनकपुर नाइट्सको स्वामित्व नेको इन्स्योरेन्स लिमिटेडमा यथावत् रहेको छ । उपविजेता काठमाडौँ माभरिक्सको स्वामित्व काठमाडौँ माभरिक्स प्रालिमा पुगेको छ ।
त्यस्तै, फेवा कन्स्ट्रक्सन प्रालिले पोखरा लेकर्स लिएको छ भने मोराई कर्पोरेसन प्रालिमा बुटवल बुल्सको स्वामित्व रहेको छ । यससँगै हिमालयन रेइडर्सको रूपमा पहिलो संस्करणमा प्रतिस्पर्धा गरेको बुटवलको टिमको नाम बुटवल बुल्स बनेको छ । धनगढी वाइल्डक्याट्स प्रालिको नाममा सुदूरपश्चिमको प्रतिनिधि टिम धनगढी वाइल्डक्याट्स भएको छ ।
देशमा लोकप्रिय भइरहेको एनकेएलमा व्यापारिक तथा व्यावसायिक घराना आबद्ध गर्न पाएकोमा खुसी व्यक्त गर्दै एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकमार बेगानीले भने, ‘पहिलो संस्करण भव्य रूपमा आयोजना गरेका थियौँ । दोस्रो संस्करणलाई थप उत्कृष्ट बनाउने छौँ ।
कर्पोरेट हाउसहरूको आबद्धताले लिगलाई थप उचाइ दिनेछ । हामी सबैले नेपाली कबड्डीलाई विश्वमै अब्बल बनाउने छौँ ।’ कार्यक्रममा नेपालको लागि श्रीलङ्काली राजदूत रुवन्थी डेलपिटिया, अखिल नेपाल कबड्डी सङ्घका महासचिव अरविन्दकुमार झालगायतको उपस्थिति रहेको थियो ।
नेपाली कबड्डीलाई व्यावसायिक रूप दिने प्रयासमा थालिएको एनकेएलको दोस्रो सिजन जेठ २२ गते (जुन ५ तारिख) सुरु हुने छ । सिजन २ को लागि प्लेयर्स ड्राफ्टको लागि लागि स्वदेशी खेलाडीको छनोट भइसकेको छ भने १५ देशका १ सय बढी खेलाडीले पनि नाम दर्ता गरेका छन् । एनकेएल २ को ब्रोडकास्ट पार्टनरको रूपमा कान्तिपुर म्याक्स टीभी एचडी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण