हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीले दिए राजीनामा
सारांश
- हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन्।
- उनले राजनीतिक परिस्थितिलाई कारण देखाउँदै मन्त्रालयमा राजीनामा बुझाएका हुन्।
- भण्डारीले मन्त्रालयको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ऋण र अनुदानको व्यवस्थापन नभएको गुनासो गरे।
काठमाडौँ । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन् । उनले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।
गत २०८१ साल जेठ २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार तीन वर्षका लागि नियुक्त भएका भण्डारीले कार्यकाल बाँकी छँदै 'परिवर्तित राजनीतिक परिस्थिति'लाई मुख्य कारण देखाउँदै राजीनामा दिएका हुन् ।
राजीनामा पत्रमा भण्डारीले आफ्नो कार्यकालमा उद्योगलाई सुदृढ बनाउन निरन्तर प्रयास गरेको उल्लेख गरेका छन् । पुरानो मेसिनरी संयन्त्र, प्रविधिगत सीमितता र चरम आर्थिक अभावका बाबजुद पनि उद्योगलाई सञ्चालनमा राख्न सफल भएको र हाल उद्योगमा क्लिङ्कर उत्पादन तथा बिक्री प्रक्रिया नियमित भइरहेको उनले दाबी गरेका छन् ।
अध्यक्ष भण्डारीले राजीनामा पत्रमार्फत मन्त्रालयको कार्यशैलीप्रति असन्तुष्टि समेत व्यक्त गरेका छन् । उद्योगलाई प्रतिस्पर्धी बनाउन आवश्यक पर्ने पुँजीगत तथा चालू खर्च व्यवस्थापनका लागि पटक(पटक ऋण तथा अनुदानका लागि अनुरोध गरे तापनि मन्त्रालयबाट कुनै ठोस नीतिगत निर्देशन र आर्थिक व्यवस्थापन नभएको उनले गुनासो गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धअघि कै स्तरमा झर्यो विश्व बजारमा कच्चा तेलको मूल्य
-
डिउटीका बेला ट्राफिक प्रहरीले चालकसहित सेवाग्राहीसँग हात मिलाउन नपाउने
-
ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ४८ करोड
-
सरकारी साक्षी बनेका विकास चापागाईंविरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर
-
पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
-
प्रसिद्ध गायिका अलका याग्निकलाई ‘पद्म भूषण’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण