प्रधानमन्त्री बालेन्द्र शाहलाई भुटानी अधिकार समूहको बधाई
सारांश
- भुटानका राजबन्दी रिहाइका लागि विश्व अभियानले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको छ।
- संस्थाले प्रधानमन्त्री शाहलाई भुटानी शरणार्थी समस्या समाधान गर्न आग्रह गरेको छ र नेपालमा रहेका शरणार्थीहरूको अवस्थाबारे ध्यानाकर्षण गराएको छ।
- जीसीआरपीपीबीले भुटानका राजनीतिक बन्दीहरूको रिहाइका लागि नेपाल सरकारको कूटनीतिक पहलको अपेक्षा गरेको छ।
काठमाडौँ । भुटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि लामो समयदेखि अभियान चलाइरहेको 'भुटानका राजबन्दी रिहाइका लागि विश्व अभियान' (जीसीआरपीपीबी) ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको छ। नेदरल्याण्ड्सको द हेगबाट एक विज्ञप्ति जारी गर्दै संस्थाले शाहको नियुक्तिलाई ऐतिहासिक उपलब्धिको रूपमा व्याख्या गरेको हो।
संस्थाका ग्लोबल कोअर्डिनेटर राम कार्कीद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री शाहलाई सुशासन, पारदर्शिता र रूपान्तरणकारी नेतृत्वको प्रतीकका रूपमा चित्रण गर्दै दशकौँदेखि थाती रहेको भुटानी शरणार्थी समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गरिएको छ।
नेपालका शरणार्थी शिविरहरूमा अझै पनि झण्डै ६ हजार ५ सय भुटानीहरू अधिकार र सुरक्षाको पर्खाइमा रहेको उल्लेख गर्दै संस्थाले उनीहरूको सम्मानजनक भविष्यका लागि स्पष्ट बाटो तय गर्न सरकारको ध्यानाकर्षण गराएको छ। अन्तर्राष्ट्रिय पुनर्वास कार्यक्रमपछि बाँकी रहेका शरणार्थीहरूका लागि स्वेच्छिक स्वदेश फिर्ती, स्थानीय समायोजन वा तेस्रो मुलुकमा पुनःस्थापनाका लागि पारदर्शी विकल्प सुनिश्चित हुनुपर्ने माग संस्थाको छ। यसका साथै भुटानसँग कूटनीतिक संवाद सुरु गरी सुरक्षित फिर्तीको वातावरण बनाउन र शरणार्थी व्यवस्थापनमा देखिएका अनियमितता हटाउन समेत आग्रह गरिएको छ।
जीसीआरपीपीबीले भुटानका विभिन्न जेलमा दशकौँदेखि थुनामा रहेका कम्तीमा ३० जना राजनीतिक बन्दीहरूको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल गर्ने विश्वास व्यक्त गरेको छ। प्रधानमन्त्री शाहको नेतृत्वमा शरणार्थीहरूको कानुनी हैसियत र आधारभूत अधिकारमा पहुँच सुदृढ हुने अपेक्षा गर्दै संस्थाले यो मानवीय संकटको दीर्घकालीन समाधानका लागि अन्तर्राष्ट्रिय संघसंस्थासँगको सहकार्यमा जोड दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
-
शरीरमा कुन रोग लाग्दा आँखामा कस्तो लक्षण देखिन्छ? जान्नुहोस् १० सङ्केत
-
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
-
धाराबाट पानी नआएपछि तुलसीपुरमा ट्याङ्करबाट वितरण
-
राष्ट्रिय सभामा विनियोजन विधेयक प्रस्तुत गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण