पोखराको लेकसाइडका स्पामा प्रहरीको छापा : बालबालिका प्रयोग गर्ने ८ सञ्चालक पक्राउ
सारांश
- कास्कीको लेकसाइडमा बालबालिकालाई काममा लगाएको आरोपमा प्रहरीले स्पा तथा ब्युटी पार्लर सञ्चालकलाई पक्राउ गरेको छ।
- प्रहरीले ८ जना सञ्चालकलाई नियन्त्रणमा लिई नाबालिग कामदारको उद्धार गरेको छ र शक्ति समूहमा पठाएको छ।
- पक्राउ परेका सञ्चालकहरू विरुद्ध बालबालिका विरुद्धको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।
पोखरा । कास्कीको पर्यटकीय क्षेत्र लेकसाइडमा सञ्चालित स्पा तथा ब्युटी पार्लरहरूले मापदण्ड विपरीत बालबालिकालाई काममा लगाएको पाइएपछि प्रहरीले ठुलो कारबाही सुरु गरेको छ।
उमेर नपुगेका बालिकाहरूलाई कामदारका रूपमा राखेर अवाञ्छित क्रियाकलापमा प्रयोग गर्ने गरेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो।
चैत ११ गते साँझ लेकसाइडका विभिन्न स्थानमा रहेका स्पाहरूमा छापा मार्दा प्रहरीले ८ जना सञ्चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा उदयपुरका होम बहादुर बुढाथोकी, पोखराका जेनिसा श्रेष्ठ सुनार, चितवनकी सर्मिला परियार र स्याङ्जाका सुरेश वि.क. रहेका छन्। त्यसैगरी गोरखाका जिवन श्रेष्ठ, रुपन्देहीकी अप्रिना खातुन, मकवानपुरका राजु थापा मगर र पोखराकै सरोज सुनारलाई पनि प्रहरीले हिरासतमा लिएको छ।
प्रहरीले ती स्पाहरूबाट उद्धार गरिएका नाबालिग कामदारहरूलाई संरक्षणका लागि शक्ति समूहमा पठाएको छ भने उमेर पुगेका अन्य कामदारहरूलाई आफन्तको जिम्मा लगाएको छ।
पक्राउ परेका सञ्चालकहरू विरुद्ध बालबालिका विरुद्धको कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण