जुम्लामा जातीय विभेद : ‘डुम’ भन्दै सार्वजनिक स्थलमै अपमान
सारांश
- जुम्लाको एक होटलमा जातीय विभेदको घटना सार्वजनिक भएपछि जिल्लाभर आक्रोश बढेको छ।
- गुठिचौर गाउँपालिकाकी कविता बुढाले राजबहादुर सुनारलाई 'डुम' भन्दै दुर्व्यवहार गरेकी थिइन्।
- भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जातीय विभेद र कानुनको उपहास भएको भन्दै आलोचना भएको छ।
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कालेखोलीको एक होटलमा जातीय विभेदको गम्भीर घटना सार्वजनिक भएपछि जिल्लाभर आक्रोश चुलिएको छ। गुठिचौर गाउँपालिका–३ की कविता बुढाले सोही वडाका राजबहादुर सुनारमाथि सार्वजनिक स्थलमै अत्यन्तै निकृष्ट र अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरेकी हुन्।
तातोपानी खान होटल पुगेका सुनारमाथि बुढाले ‘डुम’ भन्दै होच्याएको र जातीय घृणा फैलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यसले कानुनी राज्यको उपहास गरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ। सार्वजनिक भएको भिडियोमा बुढाले गर्वका साथ जातीय विभेदकारी शब्दहरू दोहोर्याएकी छन्।
उनले ‘डुमलाई डुम नै भन्छु’ भन्दै उत्तेजित अभिव्यक्ति दिएकी मात्र छैनन्, राज्यको न्याय प्रणालीलाई समेत ठाडो चुनौती दिएकी छन्। ‘मलाई जेल हालेर के हुन्छ, मेरा मान्छेले निकालिहाल्छन्’ भन्ने उनको आशयको अभिव्यक्तिले पहुँचवालाको आडमा कानुन मिच्न सकिन्छ भन्ने दम्भ प्रस्ट पारेको छ।
यो घटनाले संविधानले सुनिश्चित गरेको समानताको अधिकार र जातीय भेदभाव विरुद्धको ऐनलाई प्रत्यक्ष प्रहार गरेको छ। नेपालको संविधानले जातीय विभेदलाई दण्डनीय अपराध माने पनि सार्वजनिक स्थलमा यति निर्लज्ज रूपमा दलित समुदायको अपमान गरिनुले समाजको चेतना स्तरमाथि नै प्रश्न उठाएको छ।
यो घटना केवल एक व्यक्तिमाथिको दुर्व्यवहार मात्र नभई समग्र दलित समुदायको आत्मसम्मानमा पुगेको चोट भएको भन्दै दलित अगुवाहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण