प्रेमिकालाई स्कुलबाट ल्याउन किशोरले चोरे बस
सारांश
- जर्मनीमा एक १५ वर्षीय किशोरले स्कुलबाट प्रेमिकालाई लिन बस चोरेर १३० किलोमिटर यात्रा गरे।
- सीसीटीभीमा घटना कैद भए पनि सुरुमा कर्मचारीले बस चालकले लगेको ठानेका थिए, पछि चोरी भएको पत्ता लाग्यो।
- प्रहरीले जीपीएसको सहायताले किशोरलाई कार्लस्रुहेमा फेला पार्यो, जहाँ उनी प्रेमिकालाई स्कुलबाट फर्काउँदै थिए।
बर्लिन । जर्मनीको वियस्बाडेनमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । एक जना १५ वर्षीय किशोरले आफ्नी प्रेमिकालाई स्कुलबाट ल्याउन बस चोरेको अनि झन्डै ८० माइल (१३० किलोमिटर)को यात्रा गरेको थाहा भएको छ ।
घटना गत शुक्रबार बिहान करिब ६ बजेको हो । ती किशोर बस डिपोमा पसेर मास्टर साँचो प्रयोग गरी एउटा बस लिएर निस्किएका थिए । घटनाको दृश्य सीसीटीभीमा कैद भए पनि कर्मचारीहरूले सुरुमा त्यो बस कुनै चालकले लगेको ठाने । उनीहरूले ढिलै मात्र बस चोरी भएको भेउ पाए ।
दिउँसो बस हराएको पुष्टि भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । बसमा जडान गरिएको जीपीएसको सहायताले प्रहरीहरूले उक्त बस कार्लस्रुहेमा फेला पारे । यो ठाउँ वियस्बाडेनबाट करिब १३० किलोमिटर टाढा पर्छ । कार्लस्रुहेमा गस्तीमा रहेको प्रहरीले बस रोकेर जाँच गर्दा चालकको सिटमा किशोरलाई देखेर अचम्मित भए । आफ्नी १४ वर्षीया प्रेमिकालाई स्कुल बसमा चढाएर पुनः घर फर्किने तयारी गरिरहेका थिए ।
ती किशोरले साँचो कसरी प्राप्त गरे र यति सहज रूपमा बस कसरी चलाए भन्नेबारे अझै स्पष्ट भएको छैन । यस घटनामा चोरी र बिना लाइसेन्स सवारी चलाएकोलगायत मुद्दामा अनुसन्धान भइरहेको छ । सौभाग्यवश, घटनामा कुनै मानवीय क्षति भएन । बसमा समेत कुनै क्षति नपुग्ने गरी सुरक्षित अवस्थामा फिर्ता गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण