पेट्रोल महँगो, भाडा सस्तो : सडकमा उत्रिए राइडर
सारांश
- स्वतन्त्र चालक फाउन्डेसनले राइड सेयरिङ कम्पनीहरूले मनपरी भाडा तोकेको र श्रम शोषण गरेको भन्दै माइतीघरमा प्रदर्शन गरेको छ।
- पेट्रोलको मूल्य वृद्धिसँगै भाडा समायोजन र बीमा लागू गर्नुपर्ने लगायतका माग राख्दै चालकहरूले र्याली गरेका थिए।
- माग पूरा नभए राइड सेयरिङ सेवा बन्द गर्ने चेतावनी दिँदै आन्दोलन देशव्यापी बनाउने घोषणा गरिएको छ।
काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका राइड सेयरिङ कम्पनीहरूले मनपरी भाडा निर्धारण गरेको र राइडरहरूको श्रम शोषण गरेको भन्दै स्वतन्त्र चालक फाउन्डेसनले सोमबार माइतीघरमा प्रदर्शन गरेको छ । लामो समयदेखि सम्बन्धित निकाय र कम्पनीहरूसँग संवादको प्रयास गर्दा पनि आफ्ना समस्यालाई बेवास्ता गरिएपछि बाध्य भएर सडकमा उत्रिनुपरेको उनीहरूको गुनासो छ।
_D6879BI6Sn.jpg)
पेट्रोलको मूल्य बढेसँगै भाडा समायोजन गर्नु पर्ने जस्ता माग राखेर माइतीघरमा मोटरसाइकलसहित भेला भएर उनीहरूले मोटरसाइकल र्याली गर्दै सहरका विभिन्न स्थान परिक्रमा गरेका छन् । उनीहरूले बीमा राम्रोसँग लागू गर्नु पर्ने, कम्पनीले कमिसन घटाउनु पर्ने लगायतका माग पनि अघि सारेका छन् ।
_LUWLy2Ih4A.jpg)
समूहले उठाएका मागहरू पूरा नभए राइड सेयरिङ सेवा नै पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको छ। राइडरहरूको धैर्यतालाई कमजोरी नलिन चेतावनी दिँदै उनीहरूले यो आन्दोलनलाई देशव्यापी बनाउने उद्घोष गरेका छन्।
_EgdwbFF51W.jpg)
_amZZWUlq4m.jpg)
_3LTNv90DOB.jpg)
_HB668bSqNp.jpg)
_tJyBh9x2HR.jpg)
_rA13D4VEIr.jpg)
_MhRnZKeiKd.jpg)
_Kisym6sk00.jpg)
_kkvEhNpUrj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
-
कर्णालीका ३३ पालिकाले ल्याए बजेट
-
मदन भण्डारी कप भलिबल: टिप टप न्यु डायमन्डलाई उपाधि
-
शोषणको मारमा 'गिग वर्कर'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण