प्रधानमन्त्रीले सांसदहरूलाई सोधे– तत्कालको समस्या के हो ?
सारांश
- प्रधानमन्त्री बालेनले सांसदहरूसँग आफ्नो क्षेत्रका समस्या र समाधानबारे छलफल गरे।
- कोशी प्रदेशका सांसद यज्ञमणि न्यौपानेले प्रदेशका समस्याबारे जानकारी गराए।
- प्रधानमन्त्रीले बजेट र प्राथमिकता निर्धारण गरेर समस्या समाधान गर्ने बताए।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदहरूसँग आ–आफ्ना क्षेत्र तथा जिल्लाका तत्कालका समस्या र समाधानका उपायबारे छलफल गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशगत रूपमा सांसदहरूलाई बोलाएर प्रधानमन्त्री शाहले समस्या र समाधानका उपायबारे चासो राखेका हुन् ।
छलफलमा सहभागी कोशी प्रदेशका सांसद यज्ञमणि न्यौपानेले प्रदेशको सामूहिक समस्या र आ–आफ्नो क्षेत्रका समस्या जानकारी गराएको बताए । जवाफमा प्रधानमन्त्री शाहले समस्याको समाधानको बाटो के छ ? भनेर जिज्ञासा राखेको छलफलपछि न्यौपाने जानकारी दिए ।
‘उहाँले हामीले आ–आफ्ना निर्वाचन क्षेत्रमा भएका समस्या र एक जिल्ला वा एक क्षेत्र बढीका समस्या राख्यौँ’, प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै न्यौपानेले भने, ‘बजेट र प्राथमिकता निर्धारण गरेर समस्या समाधान गर्न सकिने विचार राख्नुभयो ।’
केही समस्याहरू बजेट अभावका कारण केही समय लाग्ने र तत्कालै समाधान गर्न सकिने समस्या सम्बोधन गर्ने प्रधानमन्त्रीले बचन दिएको न्यौपानेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण