सुनको मूल्य ह्वात्तै बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सारांश
- मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ हजार ७०० रुपैयाँले वृद्धि भएको छ।
- आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ पुगेको छ।
- चाँदीको मूल्यमा पनि वृद्धि हुँदै प्रतितोला ४ हजार ८४५ रुपैयाँ पुगेको छ।
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा ६ हजार ७०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन अर्थात् सोमबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ। सोमबार १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ०५५ रुपैयाँ रहेको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ। आज चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार १५४ रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिन ४ हजार ०३० रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा देखिएको प्रभावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव आएको महासंघले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण