इनिसा मृत्यु प्रकरणः चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश
सारांश
- सुर्खेतमा बलात्कारपछि हत्या आरोप लागेका चारै जना नाबालकलाई बाल सुधार गृहमा पठाइएको छ।
- १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या भएको थियो।
- प्रहरीले एकल करणीको निष्कर्ष निकाले पनि सरकारी वकिलले सामूहिक बलात्कारको अभियोग लगाएको छ।
सुर्खेत । इनिसा विकको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकहरुलाई पूर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश दिएको छ ।
मंगलबार सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलासले चारै जना नाबालकहरुलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन भनेको हो ।
अदालतका सूचना अधिकारी उज्वल रावलले हाललाई पूर्पक्षका लागि सुधार गृह पठाइए पनि मुद्दाको अन्तिम फैसला भने बाँकी नै रहेको रातोपाटीलाई बताए । ‘सबै साक्षीहरूको बयान र प्रमाणहरूको अध्ययन गरिसकेपछि मात्र यस मुद्दामा अन्तिम ठहर हुनेछ,’ उनले भने ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिसा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् ।
फागुन २३ गते शनिबार बिहान ६ बजे नै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।
प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट उनका प्रेमी भनिएका १६ वर्षे नाबालकलाई नियन्त्रणमा लिएको थियो ।
भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर गरेको पोस्टमार्टम रिपोर्टमा जबरजस्तीकरणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको बताएको थियो ।
इनिसाका परिवार तथा आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २४ गते अन्य तीन जनाको नाममा निवेदन दिए । प्रहरीले ती तीन जना नाबालकलाई सोही दिन पक्राउ गर्यो । उनीहरू पनि सबै नाबालक नै थिए ।
चैत्र ११ गते प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा इनिसामाथि सामूहिक नभई एकल करणी भएको निष्कर्षसहित पठाएको थियो । इनिसाका प्रेमी भनिएका १६ वर्षीय नाबालकले सहमतिमै यौन सम्बन्ध राखेको र उनी एक्कासि बेहोस भएको बयान दिएका थिए ।
पछि अस्पताल लैजान सहयोगका लागि आफ्ना साथीहरुलाई बोलाएको बताएका छन् । तर आइतबार सरकारी वकिल कार्यालयले योजनाबद्ध तरिकाले सामूहिक बलात्कार भएको भन्दै चारै जनाविरुद्ध मुद्दा अघि बढाउन अभियोग पत्र अदालतमा दायर गर्यो ।
अदालतले पनि मंगलबार चारै जना नाबालकलाई पूर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण