पारदर्शी र नागरिकमैत्री सेवा प्रदान गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
सारांश
- गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिए।
- प्रहरी सेवामा प्रविधिको प्रयोगको लागि सरकारले आवश्यक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ।
- काठमाडौँमा तोडफोडपछि ९३७ सीसीटिभी पुनः जडान भइसकेका छन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् । बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँको स्थलगत निरीक्षण गर्दै मन्त्री गुरुङले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक सेवा प्रदान गर्न निर्देशन दिएका हुन् ।
साथै उनले प्रहरी सेवामा प्रविधिको प्रयोगको सन्दर्भमा सरकारले आवश्यक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले परिसरबाट भइरहेको काम कारबाही सेवा, प्रवाह र अपराध अनुसन्धानका विषयमा जानकारी लिनुभएको परिसर प्रमुख एसएसपी थापाले बताए ।
त्यस्तै एसएसपी थापाले काठमाडौँमा १३ सय भन्दा बढी सीसीटिभी रहेकोमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड पछि ९ सय ३७ वटा सीसीटिभी पुनः जडान भइसकेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण