सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बलात्कारको धम्की दिनेविरुद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी

बुधबार, १८ चैत २०८२, १७ : ००
बुधबार, १८ चैत २०८२

सारांश

  • एमाले समर्थक अमिशा पराजुलीले सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने विरुद्ध साइबर ब्युरोमा उजुरी दिइन्।
  • पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोध गरेपछि उनलाई गालीगलौज र बलात्कारको धम्की आएको थियो।
  • पराजुलीले भिडियो दुरुपयोग, गालीगलौज र धम्की दिने सबै विरुद्ध उजुरी दिएकी हुन्, र परिवारको सहयोग रहेको बताइन्।

काठमाडौँ । नेकपा (एमाले) समर्थक जेनजी अमिशा पराजुली सामाजिक सञ्जालमा चरित्र हत्या गर्नेहरुविरुद्ध भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।  पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा अभिव्यक्ति दिएपछि पराजुलीमाथि अमानवीय तवरले गालीगलौज तथा बलात्कारको धम्की समेत आएपछि साइबर ब्यूरोमा उजुरी दिएकी हुन् । 

उनले आफ्नो भिडियोको दुरुपयोग गर्ने, गालीगलौज गर्ने तथा बलात्कारको धम्की दिनै सबैमाथि एकमुष्ट उजुरी दिएको बताइन् । सामाजिक सञ्जालबाट गालीगलौज तथा बलात्कारको धम्की आएको उनको भनाइ छ । 

आफूले केही गलत नगरेको र केही पनि गलत कुरा नबोलेको भएपनि आफूमाथि नकारात्मक प्रतिक्रिया दिइएको उनको आरोप छ । उनले भनिन्, ‘मेलै बोलेको भिडियोको दुरुपयोग गर्ने तथा सामाजिक सञ्जालको कमेन्ट बक्समा गालीगलौज गर्ने तथा बलात्कारको धम्की दिने सबैविरुद्ध साइबर ब्युरोमा उजुरी हालेका छौँ । यो अवस्थामा मेरो परिवारले मलाई सहयोग नै गरेको छ । मैले केही गलत नगरेको तथा नबोलेको विषयमा परिवारका सबै सदस्यलाई थाहा नै छ । सोही कारण परिवारबाट सहयोग छ ।’

अमिशाले ओलीको पक्राउलाई असंवैधानिक भन्दै अभिव्यक्ति दिएकी थिइन् । त्यसलगत्तै उनीमाथि अमानवीय तवरले गालीगलौज तथा साइबर बुलिङ भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप