ट्रम्पको एउटा परियोजनामा न्यायाधीश बने तगारो
वासिङटन डीसी । ह्वाइट हाउसको पुरानो इस्ट विङ तोडेर ४० करोड डलर खर्चेर बलरुम बनाउने दाउमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा एक न्यायाधीश तगारो बनेका छन् ।
ती न्यायाधीशले कांग्रेसको स्वीकृति नपाएसम्म सो बलरुम निर्माण कार्य अघि बढ्न नसक्ने निर्णय गरेका हुन् । आफ्नो अधिकार बाहिर गएर ट्रम्पले ऐतिहासिक इष्ट विङ्ग भत्काएर बलरुम बनाउन लागेको भन्दै परेको मुद्दाको प्रारम्भिक निषेधाज्ञाको अनुरोध स्वीकृत गर्दै जिल्ला न्यायाधीश रिचर्ड लियोनले मंगलबार यो फैसला सुनाएका हुन् ।
‘म निष्कर्षमा पुगेको छु कि नेसनल ट्रस्ट आफ्नो मुद्दामा सफल हुने सम्भावना उच्च छ किनभने कुनै पनि कानुनले राष्ट्रपतिले दाबी गर्दैमा अधिकार दिनु हुँदैन,’ लियोनले भनेका छन्, ‘अमेरिकाका राष्ट्रपति भविष्यका प्रथम परिवारका लागि व्हाइट हाउसको संरक्षक हुन् । उनी (ट्रम्प) मालिक होइनन् । जबसम्म र कांग्रेसले यस परियोजनालाई वैधानिक रूपमा अनुमोदन गर्दैन, निर्माण रोक्नै पर्छ,’ फैसलामा अगाडि भनिएको छ ।
यो आदेशले ह्वाइट हाउसको सुरक्षा सुनिश्चित गर्न आवश्यक निर्माणमा भने असर नगर्ने बताइएको छ । निर्णयले ९० हजार वर्ग–फुट क्षेत्रफलको बलरुम परियोजना अस्थायी रूपमा रोकेको छ । न्यायाधीशले ट्रम्प प्रशासनलाई १४ दिनभित्र अपिल गर्न सक्ने व्यवस्था पनि दिएका थिए । यसको केही घण्टापछि न्यायमन्त्रालयले वाशिंगटन डीसीस्थित पुनरावेदन अदालतमा अपिल दायर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण