मधेस प्रदेश सभा नियमावलीमाथि सैद्धान्तिक छलफल जारी
सारांश
- मधेस प्रदेश सभा बैठकमा प्रदेश सभा नियमावली, २०८२ को मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल भइरहेको छ।
- सांसदहरूले नियमावलीमा त्रुटि औंल्याउँदै आवश्यक संशोधन गर्नुपर्ने धारणा राखेका छन्।
- छलफलमा सांसदहरूले नियमावलीलाई समयानुकूल बनाउनुपर्ने र यसका प्रावधानहरू पालना गर्नुपर्ने कुरामा जोड दिए।
जनकपुरधाम । मधेस प्रदेश सभा बैठकमा प्रदेश सभा नियमावली, २०८२ को मस्यौदा समितिको प्रतिवेदनमाथि सैद्धान्तिक छलफल जारी छ ।
प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत बुधबार केहीबेर अघि सुरु भएको बैठकमा सांसदहरूले मस्यौदा समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै आफ्ना धारणा राखिरहेका छन् ।
मंगलबार बसेको बैठकमा पनि सांसद शारदा थापाले पेस गरेको प्रदेश सभा नियमावली, २०८२ माथि सैद्धान्तिक छलफल गरिएको थियो ।
छलफलका क्रममा अधिकांश सांसदले नियमावली समग्रमा राम्रो भए पनि केही त्रुटि रहेको उल्लेख गर्दै आवश्यक संशोधन गर्नुपर्ने धारणा राखेका छन् । छलफलमा बोल्दै सांसद संजय कुमार यादवले २०७५ सालमा बनेको प्रदेश सभा सञ्चालन नियमावलीलाई समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिए । उनले प्रस्तावित नियमावलीमा उल्लेखित प्रावधान सभामुखदेखि सांसदसम्म सबैले पालना गरे मधेस प्रदेश थप अनुशासित र प्रभावकारी बन्ने दाबी गरे ।
त्यस्तै, सांसद सुरीता कुमारी साहले प्रस्तावित नियमावली सकारात्मक रहेको बताउँदै यसलाई प्रस्तुत गरेकोमा सांसद शारदा थापालाई धन्यवाद दिइन् । सांसद राजकुमार लेखीले नियमावली पहिलेभन्दा उत्कृष्ट भए पनि केही प्रावधानमा त्रुटि देखिएको भन्दै संशोधन आवश्यक रहेको बताए ।
सांसद रतनेश्वर गोइत यादवले प्रस्तुत नियमावलीलाई सकारात्मक रूपमा लिएको बताए ।
यसैगरी, सांसद अन्जना पण्डितले नियमावलीअन्तर्गत गठन हुने विशेष अधिकार समितिमा रहने सदस्यहरूको योग्यताका विषयमा ध्यान दिनुपर्ने बताउँदै कम्तीमा स्नातकोत्तर उत्तीर्ण व्यक्तिलाई समावेश गर्नुपर्ने प्रस्ताव राखिन् । सांसद उपेन्द्र कुमार महतोले पनि नियमावलीमा केही त्रुटि रहेको उल्लेख गर्दै संशोधनको आवश्यकता औँल्याए ।
प्रदेशसभा नियमावलीमाथिको सैद्धान्तिक छलफल आज सकेर सांसद शारदा थापाले छलफलका क्रममा उठेका प्रश्नको जबाफ दिने कार्यसूची छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण