शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम सरकारद्वारा अस्पतालका अध्यक्ष र खेलकुद सदस्य नियुक्त

बुधबार, १८ चैत २०८२, २१ : ४३
बुधबार, १८ चैत २०८२

सारांश

  • सुदूरपश्चिम प्रदेश सरकारले डोटी र अछाम जिल्ला अस्पतालमा नयाँ अध्यक्ष नियुक्त गरेको छ।
  • प्रदेश खेलकुद परिषद्को सदस्य पदमा कञ्चनपुर, बैतडीका व्यक्तिहरूलाई मनोनीत गरिएको छ।
  • प्रदेश सरकारले प्रशासनिक र कानुनी सुधारका क्षेत्रमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका दुई जिल्ला अस्पतालमा नयाँ नेतृत्व चयन गरेको छ ।मन्त्रिपरिषद्को पछिल्लो बैठकले डोटी र अछाम जिल्ला अस्पतालको अध्यक्ष पदमा नयाँ नियुक्ति गर्ने निर्णय गरेको हो ।

सरकारको निर्णय अनुसार डोटी जिल्ला अस्पतालको अध्यक्षमा डोटीकै भरत बोहरा र अछाम जिल्ला अस्पतालको अध्यक्षमा अछामका लीलाराज केसी नियुक्त भएका छन् । यस्तै, प्रदेश खेलकुद परिषद्को सदस्य पदमा कञ्चनपुरका लीला बोहरा र काशीराम बोहरा तथा बैतडीका पूर्णबहादुर टेरलाई मनोनीत गरिएको छ ।

यस्तै, बैठकले प्रशासनिक र कानुनी सुधारका क्षेत्रमा पनि महत्त्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का पदाधिकारीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७५ को अनुसूचीमा हेरफेर गरिएको छ भने सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन नियमावली स्वीकृत गरिएको छ । यसका साथै प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक सम्बन्धी ऐनको अनुसूची २ मा समेत संशोधन गरिएको छ ।

भौतिक पूर्वाधार र सामाजिक सुरक्षाका विषयमा निर्णय गर्दै सरकारले बाजुराको हिमाली गाउँपालिकामा अस्थायी प्रहरी चौकी भवन निर्माणका लागि सशर्त अनुदान हस्तान्तरण गर्ने निर्णय गरेको छ । बैठकले सुदूरपश्चिम प्रदेश सवारी साधन खरिद तथा प्रयोग सम्बन्धी निर्देशिका, वित्तीय हस्तान्तरण सम्बन्धी व्यवस्था र ‘सुदूरपश्चिम जनता आवास कार्यक्रम कार्यविधि समेत स्वीकृत गरेको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप