रास्वपाको अघोषित नेतृत्वमा भदौ २३ र २४ मा निलो क्रान्ति सम्पन्न भयो : बादल
सारांश
- नेकपा एमालेका नेता रामबहादुर थापा बादलले रास्वपाको नेतृत्वमा भदौ २३ र २४ गते अवैधानिक ढङ्गले रङ्ग क्रान्ति सम्पन्न भएको बताएका छन्।
- उनले फागुन २१ गतेको निर्वाचनमार्फत निलो क्रान्तिले वैधानिकता पाएको र बालेन्द्र शाह प्रधानमन्त्री बनेको उल्लेख गरेका छन्।
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले भदौ २३ र २४ गते अवैधानिक ढङ्गले रास्वपा अघोषित नेतृत्वमा रङ्ग क्रान्ति सम्पन्न भएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा शुभकामना मन्तव्य राख्दै नेता थापाले यस्तो बताएका हुन् । साथै उनले फागुन २१ गतेको निर्वाचनमार्फत निलो क्रान्तिलाई बैधानिकता प्रदान गरिएको पनि बताएका छन् ।
‘फागुन २१ गते निर्वाचनमार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो । फागुन १३ गते धार्मिक अनुष्ठानका बिच रास्वपा नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो’, बादलले भने, ‘यो ऐतिहासिक विजयका लागि रास्वपा र प्रधानमन्त्री शाहलाई म एमालेको तर्फबाट बधाई भन्न चाहन्छु ।’
उनले उक्त विजयमा ककसको भूमिका छ भन्ने सवालमा नेपाली सेना, बारबरा फाउन्डेसन लगायतको निर्णायक भूमिका रहेको बताउँदै धन्यवाद दिए । उनले बाह्य रूपमा पनि टिओवी, एआईलगायतले संविधान र शान्तिका नायकलाई हत्याराका रूपमा करार गरेको र खल पात्रलाई महानायक निभाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली–प्रचण्डको निचोड : तत्काल पार्टी एकता असम्भव
-
दुई जना नेपाली युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
-
अब वीरेन्द्रनगरमा ‘लाइन होइन, अनलाइन’
-
भारतमा रुसी तेल आयात कीर्तिमानी स्तरमा पुग्ने संकेत
-
पोल्याण्डको सत्तारुढ पार्टीका प्रवक्ता र कांग्रेस प्रवक्ता चालिसेबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण