अमेरिका–इजरायल बाहेकका जहाजका लागि खुला छ स्ट्रेट अफ हर्मुज
तेहरान । इरानले स्ट्रेट अफ हर्मुजको बाटो खुला रहने बताएको छ । मार्ग अमेरिका वा इजरायलसँग सम्बन्धित नभएका जहाजहरूका लागि खुला राख्ने बताइएको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ताले यस्तो जानकारी दिएका हुन् ।
प्रवक्ता इस्माइल बघाईले टेलिभिजन च्यानल न्युजरुम अफ्रिकासँगको अन्तर्वार्तामा आक्रमणकारी पक्षसँग सम्बन्ध नभएका जहाजहरूलाई आवश्यक समन्वयपछि मार्ग प्रयोग गर्न दिइने बताएका छन् । स्ट्रेट अफ हर्मुज विश्वकै प्रमुख तेल ढुवानी मार्ग भएकाले यो आंशिक रुपमा मात्रै खुल्दा पनि अन्तर्राष्ट्रिय बजारमा केही राहत मिल्ने अपेक्षा गरिएको छ । यो मार्ग भएर विश्व बजारमा खपत हुने झन्डै २० प्रतिशत तेल जान्छ ।
यसैबिच प्रवक्ता बघाइले जारी द्वन्द्वबारे टिप्पणी गर्दै इरानले युद्ध, वार्ता र युद्धविरामको दुष्चक्र स्वीकार नगर्ने स्पष्ट पारेका छन् । उनले विगतको सन्दर्भ दिँदै केही समयअघि भएको १२ दिने युद्धपछि युद्ध रोकिएको भए पनि पुनः द्वन्द्व सुरु भएको पनि बताए । 'उनीहरूले रोकौँ भने, हामी रोक्यौँ, तर नौ महिनापछि फेरि आक्रमण सुरु भयो,' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण