संविधान निर्माण गरेका शक्तिहरू एकताबद्ध हुनुपर्छ: संयोजक दाहाल
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्तिहरू राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एकताबद्ध हुनुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा उनले मुलुकमा जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय अखण्डताको रक्षा, क्रान्तिका उपलब्धिको संरक्षणका लागि ती शक्तिबिच सहकार्यको आवश्यकता औँल्याए । पूर्वप्रधानमन्त्री दाहालले बाह्रबुँदेदेखि विस्तृत शान्ति सम्झौताका पक्षधर शक्तिहरू तथा परिवर्तनकामी शक्तिलाई एकताबद्ध बनाउन आफ्नो पार्टीले आवश्यक समन्वय गर्ने प्रस्ट पारे ।
निर्वाचनमा अपेक्षाकृत परिणाम आउन नसकेको बताउँदै उनले जनताको जनादेशको सम्मान र परिणाम स्वीकार गरेर सरकारका राम्रा कामको समर्थन एवम् गलत कामको विरोध गर्ने तथा संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
पार्टी सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन परिणामबाट नेता तथा कार्यकर्ता विचलित र निराश नहुन आग्रह गर्दै नयाँ परिस्थितिमा नयाँ ढङ्गले उच्च मनोबल र उत्साह साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले अब पार्टीमा शुद्धीकरण, समग्र पुनर्गठन र पुनर्जागरण अनिवार्य भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण