अमेरिकी सेनाका प्रमुखसहित दुई जनरललाई पदबाट हटाइयो
सारांश
- अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानसँगको द्वन्द्वका बिच अमेरिकी सेनाका प्रमुख र्यान्डी जर्जसहित दुई वरिष्ठ जनरललाई पदबाट हटाएका छन्।
- राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण तीव्र पार्ने सङ्केत दिएको भोलिपल्टै पेन्टागनबाट यो निर्णय सार्वजनिक गरिएको हो।
- अचानक गरिएको यो निर्णयले अमेरिकी सैन्य नेतृत्वमा अस्थिरता र रणनीतिक प्रभाव पर्ने विश्लेषण गरिएको छ।
वासिङ्टन डीसी । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानसँगको जारी द्वन्द्वका बिच अमेरिकी सेनाका उच्च अधिकारीहरूलाई पदबाट हटाएका छन् । बिहीबार उनले अमेरिकी सेनाका प्रमुख र्यान्डी जर्जलाई तत्काल अवकाश लिन निर्देशन दिएका छन् ।
याेसँगै अन्य दुई वरिष्ठ जनरलहरू च्याप्लिन प्रमुख मेजर जनरल विलियम ग्रीन जुनियर र आर्मी ट्रान्सफर्मेसन तथा तालिम कमान्डका प्रमुख डेभिड होड्नेलाई पनि पदमुक्त गरिएको छ ।
यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धबारे राष्ट्रलाई सम्बोधन गरेको एक दिनपछि आएको हो । सो सम्बोधनमा ट्रम्पले इरानमाथि आक्रमण अझ तीव्र बनाउने सङ्केत दिएका थिए ।
पेन्टागनका प्रमुख प्रवक्ता सीन पार्नेलले सामाजिक सञ्जालमार्फत जर्जको तत्काल अवकाश पुष्टि गर्दै उनको दीर्घकालीन सेवाप्रति आभार व्यक्त गरेका छन् ।
स्रोतका अनुसार सेनाभित्रका वरिष्ठ अधिकारीहरू यो निर्णयबाट अचम्ममा परेका छन् । जर्जलाई पदमुक्त गरिएको जानकारी उनलाई बैठककै क्रममा फोनमार्फत दिइएको थियो ।
सेना प्रमुखका रूपमा जर्जले ड्यान ड्रिस्कोलसँग नजिकबाट काम गर्दै आएका थिए । ड्रिस्कोल ह्वाइट हाउस नजिकका अधिकारी मानिन्छन् । हेगसेथसँग उनको सम्बन्ध कहिलेकाहीँ तनावपूर्ण रहेको सुन्नमा आएको थियो ।
जर्जको आकस्मिक र सार्वजनिक रूपमा गरिएको अवकाशले इरानसँगको द्वन्द्वबिच अमेरिकी सैन्य नेतृत्वमा अस्थिरता देखिएको विश्लेषण गरिएको छ । विशेषगरी, अमेरिकी सेना वायु तथा मिसाइल प्रतिरक्षा प्रणाली उपलब्ध गराउने प्रमुख निकाय भएकाले यस्तो निर्णयले रणनीतिक असर पार्न सक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण