रवि र ज्ञानेन्द्रबिच भेटवार्ता : उपसभामुख चयनबारे छलफल
शनिबार, २१ चैत २०८२, १२ : ५१
१
सारांश
- रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका नेता ज्ञानेन्द्र शाहीबिच भेटवार्ता भएको छ।
- दुई नेताले उपसभामुख चयन र संसदभित्रको साझा रणनीतिका विषयमा छलफल गरेका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबिच शनिबार भेटघाट भएको छ। लामिछानेको निजी निवासमा करिब एक घण्टा लामो संवाद भएको हो।
प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको निर्वाचन नजिकिँदै गर्दा दुई नेताबिचको यो भेटलाई अर्थपूर्ण मानिएको छ। भेटघाटको मुख्य एजेन्डा उपसभामुख पदका लागि सम्भावित सहकार्य र संसदभित्रको साझा रणनीतिमा केन्द्रित रहेको बुझिएको छ।
रास्वपाले यसअघि नै डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गराइसकेको छ। संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दल र लिङ्गको हुनुपर्ने बाध्यता छ। यही कारणले गर्दा रास्वपाले सत्ता पक्षभन्दा बाहिरका दलहरूसँग सहकार्य गर्नुपर्ने स्थिति छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण