कर्णालीमाथि एपीएफको शानदार जित
सारांश
- प्रधानमन्त्री कप क्रिकेटको २६ औँ खेलमा एपीएफ क्लबले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको छ।
- कर्णालीले दिएको १०८ रनको लक्ष्य एपीएफले १२ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको छ।
- एपीएफको जितमा आशिफ शेखले ६५ रन र दीपक बोहराले ४२ रनको योगदान दिएका छन्।
जनकपुर । प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत शनिबार भएको २६ औँ खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले कर्णाली प्रदेशमाथि १० विकेटको शानदार जित हात पारेको छ । कर्णालीले प्रस्तुत गरेको १०८ रनको लक्ष्य एपीएफले बिना कुनै विकेट गुमाई मात्र १२ ओभरमा पछ्याएको हो ।
एपीएफलाई जित दिलाउन आशिफ शेखले अर्धशतकीय इनिङ्स खेले । उनले मात्र ३८ बलमा ६५ रन जोडे । यस क्रममा उनले १२ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै, अर्का ओपनर दीपक बोहराले ३४ बलमा ४२ रनको योगदान दिए । उनले ६ चौका र २ छक्का हिर्काए । यसअघि, रामजानकी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ३६ ओभरमा सबै विकेट गुमाएर १०७ रन मात्र बनाउन सकेको थियो । टोलीका लागि अर्जुन घर्तीले सर्वाधिक ३८ रन तथा दीपेन्द्र रावतले २५ रन बनाए ।
कर्णालीलाई सस्तोमा समेट्न कमल ऐरी र अभिषेक गौतमले घातक बलिङ गर्दै ४–४ विकेट लिए । रोहित पौडेलले १ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण