शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

बंगलादेश : ग्यास उद्योगमा आगलागी हुँदा ५ जनाको मृत्यु

शनिबार, २१ चैत २०८२, १९ : ५६
शनिबार, २१ चैत २०८२

ढाका । बङ्गलादेशको राजधानी ढाकानजिकै ग्यास लाइटर बनाउने उद्योगमा शनिबार आगलागी हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।

अग्नि नियन्त्रण सेवा र नागरिक रक्षाका अनुसार ढाका नजिकै केरानीगञ्जको कदमतली क्षेत्रमा आगलागी भएको हो ।

दिउँसोदेखि सुरु भएको आगो निभाउन सात वटा अग्निनियन्त्रक टोली परिचालन गरिएको दमकल विभागले जनाएको छ । यसलाई नियन्त्रणमा ल्याउन घण्टौँ लागेको थियो ।

अग्निनियन्त्रकहरूले साँझसम्म पाँच शवहरू फेला पारेको बताएका छन् । समाचार तयार पार्दासम्म मृतकको पहिचान हुन सकेको छैन ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप