आयुर्वेद चिकित्सक सङ्घका अध्यक्षमा डा गौतम निर्वाचित
काठमाडौँ । नेपाल आयुर्वेद चिकित्सक सङ्घको अध्यक्ष पदमा डा शङ्कर गौतम निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धीका रूपमा डा सुवर्ण पौडेल रहेका थिए । सङ्घको यही चैत २० र २१ गते यहाँ सम्पन्न ११औँ राष्ट्रिय सम्मेलनले डा गौतमको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा डा रमेश पौडेल, महिला उपाध्यक्षमा डा सिर्जना श्रेष्ठ, महासचिवमा डा ऋषिकेशव भुसाल, सचिवमा डा दीपककुमार मण्डल र कोषाध्यक्षमा डा सिजन कोजु विजयी हुनुभएको सङ्घका निवर्तमान अध्यक्ष डा श्यामबाबु यादवले जानकारी दिए ।
उनका अनुसार प्रादेशिक उपाध्यक्षमा कोशीमा डा विजयकुमार सिंह, मधेसमा डा शिवनारायण गुप्ता, बागमतीमा डा देवेन्द्रकुमार यादव, गण्डकी डा नगेन्द्र लामिछाने, लुम्बिनीमा डा कैलाश न्यौपाने, कर्णालीमा डा सुदर्शन पोखरेल र सुदूरपश्चिममा डा हिमाल भट्ट निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण