सात वटा अमेरिकी सैन्य विमान नष्ट
सारांश
- पश्चिम एसियामा जारी युद्धका क्रममा हालसम्म कम्तीमा सात वटा अमेरिकी सैन्य विमान नष्ट भएका छन्।
- हालै इस्लामिक रिभोलुशनरी गार्ड कप्र्सले खसालेको दाबी गरिएको लडाकु विमानको अवशेष सार्वजनिक भएको छ।
- विभिन्न सैन्य घटना तथा दुर्घटनामा परी अमेरिकी हवाई बलका विमानहरूमा क्षति पुगेको हो।
काठमाडौँ । पश्चिम एसियामा जारी युद्धमा अमेरिकाले फेरि अर्को विमान गुमाएको छ । योसँगै यस युद्धका क्रममा कम्तीमा सात वटा अमेरिकी सैन्य विमान नष्ट भएको पुष्टि भएको छ । हालै इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)ले खसालेको भनिएको अमेरिकी लडाकु विमानको अवशेषसमेत सार्वजनिक गरिएको छ ।
इरानी सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको तस्बिरमा देखिएको भग्नावशेष अमेरिकी हवाई बलको एफ–१५ लडाकु विमानसँग मिल्दोजुल्दो देखिएको छ । हालैका दुई घटनामा एउटा एफ– १५ र अर्को ए–१० विमान नष्ट भएसँगै युद्धमा नष्ट भएका मानवसहितका अमेरिकी विमानको सङ्ख्या सात पुगेको हो ।
यस अघि मार्च २ मा कुवेतको हवाई रक्षा बलल् झुक्किएर गरेको प्रहारमा अमेरिकाको तीन वटा एफ–१५ लडाकु विमान खसालेका थिए । यस घटनामा विमानभित्र रहेका छ जना चालकदललाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो । अमेरिकी रक्षा मन्त्री पिट हेग्सेथले ती पाइलटहरू फेरि कारबाहीमा फर्किएको बताएका छन् ।
मार्च १२ मा केसी–१३५ लडाकु विमान दूघर्टनामा पर्दा अमेरिकी हवाई बलका ६ सदस्यको मृत्यु भएको थियो । अमेरिकी सेनाले उक्त विमान शत्रु आक्रमणका कारण नभई अर्को विमानसँगको घटनामा संलग्न हुँदा दुर्घटना भएको बताएको थियो । यो घटना अपरेसन एपिक फ्युरीको क्रममा भएको थियो ।
मार्च २७मा अमेरिकी हवाई बलको ई –३ विमान ध्वस्त भयो । उक्त आक्रमणमा कम्तीमा १० जना अमेरिकी सैनिक घाइते भएका पनि मृत्युको खबर आएन । यसका बाहेक यूएस एफ–३५ फाइटर जेटलाई पनि इरानी आक्रमणको आशङ्का गरिएको क्षति पछि मध्यपूर्वस्थित अमेरिकी एयर बेसमा आपतकालीन अवतरण गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण