सार्वजनिक बसमा पकेटमारी गर्ने एकजना पक्राउ
सोमबार, २३ चैत २०८२, ०६ : ०७
सारांश
- ललितपुरको इमाडोलमा सार्वजनिक बसभित्र यात्रुको पकेटमारी गरिरहेको अवस्थामा एकजना व्यक्ति पक्राउ परेका छन्।
- ड्युटीमा खटिएका ट्राफिक प्रहरीले शंकास्पद गतिविधि गरिरहेका ती व्यक्तिलाई रंगेहात नियन्त्रणमा लिएका हुन्।
- पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी प्रभाग इमाडोलमा बुझाइएको छ।
ललितपुर । सार्वजनिक सवारी साधनभित्र यात्रुको भीडभाडको फाइदा उठाउँदै पकेटमारी गर्ने एक व्यक्तिलाई प्रहरीले रंगेहात नियन्त्रणमा लिएको छ। आइतबार साँझ करिब पौने ७ बजेको समयमा गुडिरहेको भाडा बसभित्र यात्रुको खल्ती काट्दै गर्दा ती पकेटमार पक्राउ परेका हुन्।
इमाडोल क्षेत्रमा गुडिरहेको बसमा यात्रुहरू कोचिएको मौका छोपेर शंकास्पद गतिविधि गरिरहेका ती व्यक्तिलाई ट्राफिक प्रहरी प्रभाग इमाडोलमा कार्यरत प्रहरी जवान अमर सिंह पुजाराले फेला पारेका थिए। ड्युटीकै क्रममा रहेका पुजाराले ती व्यक्तिको हाउभाउ र गतिविधिमा शंका लागेपछि तत्कालै पिछा गरेर नियन्त्रणमा लिन सफल भएका हुन्।
सार्वजनिक सवारीमा यात्रा गर्ने सर्वसाधारणलाई सास्ती दिने र धनमाल चोरी गर्ने ती व्यक्तिलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी प्रभाग इमाडोलमा बुझाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
-
सल्यानका ८ स्थानीय तहले ल्याए बजेट
-
दैलेखका १० स्थानीय तहले ल्याए ६ अर्ब २८ लाखकाे बजेट, आठबीसले ल्याएन
-
श्रीमतीको हत्या गरी फरार श्रीमान् पक्राउ
-
यस्ता छन् भक्तपुरका स्थानीय तहहरूको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण