सामाजिक सञ्जाल तत्काल नियमन गर्न एमाले सांसदको माग
सारांश
- नेकपा एमालेकी सांसद विष्णुमाया विकले सामाजिक सञ्जालको प्रभाव नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन्।
- उनले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई तत्काल रिहा गरी अनुसन्धान गर्न आग्रह गरेकी छन्।
काठमाडौँ । नेकपा (एमाले) की सांसद विष्णुमाया विकले राजनीतिक तथा सामाजिक मुद्दा र निर्णय समेत सामाजिक सञ्जालको प्रभावमा पर्न थालेको भन्दै तत्काल नियमन गर्न सरकारसँग माग गरेकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । कसलाई नेता बनाउने, कसलाई प्रधानमन्त्री बनाउने, कसलाई कुन पार्टीको अध्यक्ष बनाउने भन्ने कुरा सामाजिक सञ्जालले निर्धारण गरिरहेको उनको भनाइ छ ।
फरक प्रसङ्गमा बोल्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरिन् । प्रमाण नष्ट गर्ने आधार नभएको भन्दै थुनाबाहिर राखेरै अनुसन्धान अघि बढाउनुपर्ने उनको माग छ ।
उनले भनिन्, ‘आज कसलाई नेता बनाउने ? कसलाई प्रधानमन्त्री बनाउने ? कसलाई कुन पार्टीको अध्यक्ष बनाउने ? सामाजिक सञ्जालले निर्धारण गरिरहेको छ र त्यसकै पछाडि हामी लागिरहेका छौँ । यो सामाजिक सञ्जाल नियमन गरिनुपर्छ । म सभामुखमार्फत सरकारलाई आग्रह गर्न चाहन्छु सामाजिक सञ्जालहरू तुरुन्त नियमन गरियोस् । पार्टी अध्यक्ष एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ । उहाँहरुले प्रमाण नष्ट गर्ने कुनै आधार छैन । उहाँहरूले अहिले सत्तामा हुनुहुन्न । उहाँहरूलाई तुरुन्त रिहा गरेर अनुसन्धान अघि बढाइयोस् ।’
सांसद विकले एमाले समर्थक जेनजी अमिसा पराजुलीमाथि साइबर आक्रमण भएको र हिंसा गरिएको भन्दै आपत्ति जनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण