होचा पुड्का महिलाको नाटक ‘उत्सर्ग’ अब पोखरा र हेटौँडामा देखाइने
काठमाडौँ । नेपाल होचा पुड्का सङ्घको प्रस्तुति र स्थानीय निकायको सहकार्यमा तयार पारिएको जनचेतनामूलक नाटक ‘उत्सर्ग’ प्रदर्शनमा आएको छ । समाजमा होचा पुड्का व्यक्तिहरू, विशेषगरी महिलाहरूप्रति रहेका भ्रम र डरलाई चिर्दै सचेतना फैलाउने उद्देश्यले यो नाटक तयार पारिएको हो ।
नाटकले होचा पुड्का महिलाहरू आमा बन्न सक्छन् वा सक्दैनन् भन्ने सामाजिक जिज्ञासा र भ्रमलाई मुख्य विषयवस्तु बनाएको छ । यसका साथै प्रजनन स्वास्थ्य, परिवार नियोजन र महिला अधिकारका सवालहरूलाई नाटक मार्फत उजागर गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ ।
राजु खतिवडाको लेखन रहेको यस नाटकलाई चर्चित रंगकर्मी तथा अभिनेता जेबी डिसीले निर्देशन गरेका हुन् । लामो समयदेखि रंगमञ्च र चलचित्र क्षेत्रमा सफल अभिनेताको रूपमा स्थापित डिसीले विगत धेरै वर्षदेखि होचा पुड्का सङ्घसँगको सहकार्यमा सामाजिक मुद्दाहरूमा आधारित नाटकहरू निर्देशन गर्दै आएका छन् ।
नाटकमा निश्चल श्रेष्ठ, अनिता थापा, सरु दाहाल, राजेन्द्र गिरि, रिया घिमिरे, सूर्या खान, लालुमाया पाख्रिन र निशल दुलाल लगायतका कलाकारहरूको अभिनय रहेको छ । कलाकारहरूले आफ्नो अभिनय मार्फत समाजको संवेदनशील विषयलाई मञ्चमा उतारेका छन् ।
काठमाडौँका विभिन्न स्थानमा मञ्चन भएको नाटक छिट्टै नै उपत्यका बाहिर पोखरा र हेटौँडाका विभिन्न स्थानमा पनि प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ ।
समाजका ओझेलमा परेका र संवेदनशील विषयवस्तुलाई समेटेर तयार पारिएको यो नाटकले दर्शकलाई मनोरञ्जनका साथै महत्त्वपूर्ण शिक्षा र सन्देश दिने विश्वास लिइएको निर्देशक डिसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
-
कर्णालीका ३३ पालिकाले ल्याए बजेट
-
मदन भण्डारी कप भलिबल: टिप टप न्यु डायमन्डलाई उपाधि
-
शोषणको मारमा 'गिग वर्कर'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण