शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

सिंहदरबारमा ‘कूटनीतिक आचारसंहिता’बारे छलफल

बुधबार, २५ चैत २०८२, ११ : २६
बुधबार, २५ चैत २०८२

सारांश

  • परराष्ट्र मन्त्रालयले 'परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता' सम्बन्धी विशेष कार्यक्रम आयोजना गरेको छ।
  • छलफलमा मन्त्रीहरू र परराष्ट्र सेवाका कर्मचारीहरूको सहभागिता रहेको छ।

काठमाडौँ । परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ सम्बन्धी विशेष कार्यक्रम आयोजना गरेको छ ।  बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा मन्त्रीहरू, परराष्ट्र सेवाका कर्मचारीलगायतका पदाधिकारीहरू सहभागी छन् । 

‘कूटनीतिक आचारसंहिताको महत्त्व, यसको प्रभावकारी कार्यान्वयन तथा समसामयिक परराष्ट्र मामिलाका विविध पक्षहरूबारे छलफल भइरहेको छ’, स्रोतले जनाएको छ । 

आजै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले विभिन्न देशका नेपालस्थित राजदूतहरुसँग छलफल गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप