मैले सदनमा बोलेको कुरा पार्टीको लाइन हो : रामबहादुर थापा
सारांश
- नेकपा एमालेका नेता रामबहादुर थापा 'बादल'ले आफूले सदनमा राखेको धारणा पार्टीको आधिकारिक नीति र मान्यताअनुरुप रहेको दाबी गरेका छन्।
- उनले आफ्नो अभिव्यक्तिले पार्टीभित्र लुकेका दक्षिणपन्थी प्रवृत्ति र दुस्मनहरूलाई उदांगो पारेको टिप्पणी गरेका छन्।
काठमाडौँ । नेकपा एमालेका कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले पार्टीभित्रको अन्तरसंघर्षबारे आफ्नै पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललक्षित कटाक्ष गरेका छन् ।
नेकपा एमाले कास्कीले बुधबार पोखरामा गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बादलले संसदीय दल नेताको हैसियतमा संसदमा गरेको सम्बोधनले देशभित्र, बाहिरका र पार्टीका दुस्मनहरू ‘एक्स्पोज’ भएको बताएका हुन् ।
बादलले संसदमा आफूले दिएको अभिव्यक्तिपछि उपाध्यक्ष विष्णु पौडेलले लेखेको स्टाटस उद्धृत गर्दै अन्तरसंघर्षको पाटो खुलेको समेत बताए । ‘अस्ति संसद्को पहिलो बैठकमा मैले दलको नेताको हैसियतमा जे कुराहरू भनेँ, त्यो कुरालाई लिएर केन्द्रीय सचिवालय बैठक बस्यो । केन्द्रीय सचिवालयले फेरि अर्को एउटा वक्तव्य जारी गर्यो’, बादलले भने, ‘त्यो वक्तव्य आइसकेपछि त्यसले अर्को कन्फ्युजन क्रिएट गरेको छ । त्यो वक्तव्य दलको नेताले मैले दिएको थिएँ, त्यसले भित्र पनि एउटा कन्फ्युजन क्रिएट गरेको देखियो ।’
गत बिहीबारको प्रतिनिधिसभा बैठकमा बादलले राखेको धारणाप्रति उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सचिवालय बैठकले उचित निर्णय गर्ने बताएका थिए । तर, थापाले संसदीय दलको नेताका हैसियतले आफूले संसदमा व्यक्त गरेका विचार पार्टीका स्थापित नीति र मान्यताअनुरुप रहेको दाबी समेत गरे ।
‘को–को मान्छेहरू त्यो वक्तव्यबाट उत्तेजित भएर, भित्र लुकेका को–को मान्छेहरू बाहिर देखिए । किनभने त्यो स्टेटमेन्टले पार्टीभित्रको दक्षिणपन्थी प्रवृत्तिलाई एक्सपोज गरेको मात्र हो’, बादलले थपे, ‘मैले सदनमा पार्टीको लाइनमा बोलेको हो, पार्टी निर्णय दृढतापूर्वक लागू गरेको थिएँ । देश र जनताका दुस्मनलाई ठुलो आक्रमण थियो र लुकेका दक्षिणपन्थीलाई पनि आक्रमण थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण