नागरिकता कीर्ते मुद्दाका फरार प्रतिवादी कलंकीबाट पक्राउ
बुधबार, २५ चैत २०८२, १६ : १४
सारांश
- नागरिकता कीर्ते मुद्दामा फरार रहेका रौतहटका ५९ वर्षीय बाबुराम चौधरी कलवारलाई प्रहरीले कलंकीबाट पक्राउ गरेको छ।
- जिल्ला अदालत गौरले २०८२ भदौ २ गते पक्राउ अनुमति जारी गरेपछि उनी फरार रहेका थिए।
- पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको छ।
काठमाडौँ । नागरिकता सम्बन्धी कसुर मुद्दामा संलग्न भई लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा रौतहट घर भई हाल काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने ५९ वर्षीय बाबुनन चौधरी कलवार रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले सोमबार कलंकीबाट पक्राउ गरेको हो।
बाबुबन विरुद्ध जिल्ला अदालत गौर रौतहटले २०८२ भदौ २ गते नागरिकता सम्बन्धी कसुर मुद्दामा पक्राउ अनुमति जारी गरेको थियो। अदालतको आदेशपछि फरार रहेका उनलाई विशेष सूचनाका आधारमा खटिएको प्रहरीले कलंकी क्षेत्रमा फेला पारी नियन्त्रणमा लिएको हो।
पक्राउ परेका चौधरीलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण