लुम्बिनी प्रदेशको आन्तरिक राजस्व संकलन कमजोर
बुटवल । लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/०८३ को फागुनसम्मको विवरणअनुसार प्रदेशको आन्तरिक राजस्व संकलन लक्ष्य अनुसार न्यून रहेको पाइएको छ ।
प्रदेश सरकारद्वारा कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार फागुनसम्म आन्तरिक स्रोतबाट उठ्ने राजस्व उल्लेखनीय रूपमा बढ्न नसकेको हो ।
आन्तरिक राजस्व शीर्षकमा चालु आर्थिक वर्षमा ४ अर्ब ८८ करोड ४६ लाख लक्ष्य राखिएकोमा फागुन मसान्तसम्म जम्मा १ अर्ब ३४ करोड ८ लाख ५५ हजार संकलन भएको छ, यो आन्तरिक राजस्व लक्ष्यको २७ दशमलव ४७ प्रतिशत मात्र हो ।
प्रदेशमा राजस्व संकलनमा यातायात र वन क्षेत्रबाट सबैभन्दा बढी आम्दानी भएको देखिन्छ भने 'केही आन्तरिक शीर्षक'मा निकै न्यून प्रतिशत राजस्व संकलन भएको छ ।
यातायात क्षेत्रको आम्दानीले ३० करोड लक्ष्य राखेकोमा ११ करोड १६ लाख संकलन भएको छ । प्रतिशतको हिसाबले लक्ष्यको यो ३७ दशमलव २१ प्रतिशत हो । यस्तै चालक अनुमतिपत्र सवारीमा १ अर्ब ८० करोड संकलनको लक्ष्य रहेकोमा हालसम्म ४९ करोड ४५ लाख ४० हजार राजस्व संकलन भएको छ ।
यस्तै परीक्षा शुल्कबाट १५ करोड राखिएकोमा ५ करोड ९५ लाख ४५ हजार राजस्व संकलन भएको छ यस्तै वन क्षेत्रको आय दस्तुरमा १ अर्ब ९९ करोड ७४ लाख लक्ष्य राखेकोमा ३९ करोड ९५ लाख ८० हजार राजस्व संकलन भएको छ, लक्ष्यको प्रतिशत हिसाबले यो १९ दशमलव ८८ प्रतिशत हो ।
कृषि आयमा लाग्ने करमा पनि न्यून संकलन भएको देखिन्छ । प्रदेशले कृषि आयमा जम्मा ५२ हजार मात्रै संकलन लक्ष्य राखेकोमा जम्मा ३ हजार मात्रै आन्तरिक राजस्व संकलन भएको छ । शिक्षा क्षेत्रको आम्दानीमा ४ लाख राखिएको छ, जसमा १ लाख ८० हजार संकलन भएको छ ।
सरकारी सम्पत्तिको बहाल करबाट ८० लाख राजस्व संकलन गर्ने लक्ष्य राखे पनि हालसम्म जम्मा ६ लाख १६ हजार मात्रै संकलन भएको छ, यो ७ दशमलव ७१ प्रतिशत हो । कृषि उत्पादनको बिक्रीबाट प्राप्त हुने प्रदेशको आन्तरिक राजस्वको लक्ष्य ३ करोड ५० लाख राखे पनि हालसम्म जम्मा ९५ लाख ४२ हजार संकलन भएको छ ।
यस्तै सरकारी सम्पत्ति बिक्रीबाट प्राप्त २५ लाख लक्ष्य राखे पनि २ लाख ३५ हजार संकलन भएको छ । अन्य सेवा शुल्कमा ५ लाख लक्ष्य राखेकोमा १ लाख ५६ हजार संकलन भएको छ ।
प्रशासनिक सेवा शुल्कमा ८ करोड राखेकोमा ५ करोड १० लाख ३१ हजार संकलन भएको छ ।यस्तै व्यवसाय रजिष्ट्रर दस्तुरमा १५ करोड लक्ष्य राखेकोमा ५करोड ५१ लाख ७९ हजार संकलन भएको छ । यस्तै अन्य स्रोतबाट बाँडफाँट नहुने रोयल्टी १ लाख ४४ हजार संकलन भएको छ । आन्तरिक राजस्व अन्तर्गतका प्रमुख स्रोतहरू; सेवा शुल्क, दस्तुर, अनुमति तथा लाइसेन्स शुल्क, र अन्य गैर कर राजस्व सबैमा लक्ष्यअनुसार संकलन हुन सकेको छैन । धेरै शीर्षकमा प्रगति कमजोर मात्रै नभई केहीमा नकारात्मक वृद्धि समेत देखिएको छ ।
किन न्यून राजस्व संकलन ?
लुम्बिनी प्रदेशमा आन्तरिक राजस्व संकलनको अवस्था विगतजस्तै लक्ष्यअनुसार न्यून देखिएको हो । प्रदेश सरकारका अनुसार राजस्व संकलनले स्थानीय विकास, पूर्वाधार निर्माण र सामाजिक कल्याण कार्यक्रमका लागि महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको हुन्छ ।
प्रदेशमा विशेष गरी सेवा शुल्क, दस्तुर तथा अन्य गैरकर राजस्वमा अपेक्षित वृद्धि नहुँदा आन्तरिक आम्दानी कमजोर बनेको हो । आर्थिक गतिविधिमा कमी, कर संकलन प्रणालीको प्रभावकारिता अभाव तथा लक्ष्य निर्धारणमा यथार्थपरक नहुँदा यस्तो अवस्था आएको विश्लेषण गरिएको छ ।
प्रदेश अर्थ मन्त्रालय उपसचिव नारायण प्रसाद पौडेलले अझै संकलन गर्ने समय भएकोले केही वृद्धि हुने दाबी गरे । उनले अब आउने बजेटमा राजस्व संकलन लागि आवश्यक थप रणनीति बनाउने बताए । संलकन लक्ष्य धेरै राख्ने सामान्यतः परम्परा नै भएपछि अलि यथार्थ परक बनाउन केन्द्रित भएको खुलाए ।
अर्थसम्बन्धी जानकारहरूका अनुसार आन्तरिक राजस्व मजबुत बनाउन करको दायरा विस्तार, चुहावट नियन्त्रण तथा आर्थिक गतिविधि बढाउने नीति आवश्यक रहेको बत्ताउँछन् । लुम्बिनी आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष होमराज भुसालका अनुसार प्रदेशको आन्तरिक स्रोत बलियो नहुँदा संघीय अनुदानमा निर्भरता अझ बढ्ने देखिएको छ । यसले विकास निर्माणका कार्यक्रम सञ्चालनमा असर पार्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण