एसियन यूथ एन्ड स्कुल ह्यान्डबलको काउन्सिल सदस्यमा तिम्सिना
सारांश
- नेपाल ह्यान्डबल सङ्घका अध्यक्ष पीताम्बर तिम्सिना एसियन यूथ एन्ड स्कुल ह्यान्डबलको काउन्सिल सदस्यमा मनोनयन भएका छन्।
- एसियाली ह्यान्डबल महासङ्घले उनलाई सन् २०२५ देखि २०२९ सम्मको चार वर्षे कार्यकालका लागि नियुक्त गरेको छ।
काठमाडौँ । नेपाल ह्यान्डबल सङ्घका अध्यक्ष पीताम्बर तिम्सिना एसियन यूथ एन्ड स्कुल ह्यान्डबलको काउन्सिल सदस्यमा मनोनयन भएका छन् । एसियाली ह्यान्डबल महासङ्घले उनलाई सन् २०२५ देखि २०२९ सम्मका लागि चार वर्षे कार्यकालका लागि नियुक्त गरेको जानकारी गराएको हो ।
महासङ्घका महासचिव मोहम्मद सफिक र प्राविधिक निर्देशक जसिम अल थायेबले हस्ताक्षर गरेको पत्रमार्फत तिम्सिनाको मनोनयनले एसियाली क्षेत्रका युवा तथा विद्यालयस्तरीय ह्यान्डबल खेलको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । एसियन यूथ एन्ड स्कुल ह्यान्डबल, एसियाली ह्यान्डबल महासङ्घको एक महत्त्वपूर्ण अङ्गको रूपमा मानिन्छ ।
तिम्सिना नेपाली खेलकुद क्षेत्रका अनुभवी तथा सक्षम व्यक्तित्व हुन् । उनले यसअघि नेपाल ओलम्पिक कमिटीमा उपमहासचिव र राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । साथै १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा उनी ‘सेफ अफ द मिसन’ को भूमिकामा पनि रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण