इरानी सर्वोच्च नेताका सल्लाहकारको निधन
सारांश
- इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार कमल खाराजीको आक्रमणमा परेर निधन भएको छ।
- आक्रमणमा परी गम्भीर घाइते भएका खाराजीको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो।
- खाराजीको घरमा भएको उक्त आक्रमणमा उनकी पत्नीको घटनास्थलमै मृत्यु भएको थियो।
तेहरान । इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनीका वरिष्ठ सल्लाहकार कमल खाराजीको निधन भएको छ । यसै महिनाको सुरुमा भएको आक्रमणमा घाइते भएका उनको निधन भएको हो ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी–जायोनिस्ट शत्रुले उनको घरलाई लक्षित गर्दै गरेको आक्रमणमा घाइते भएका खाराजीको बिहीबार मृत्यु भएको हो । उक्त आक्रमणलाई इरानले अमेरिका र इजरायलसँग जोड्दै आएको छ ।
आक्रमणमा खाराजीकी पत्नीको घटनास्थलमै मृत्यु भएको थियो भने उनी गम्भीर घाइते भएका थिए । उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । चिकित्सकीय उपचारका क्रममा उनको अवस्था झन् बिग्रिँदै गएको बताइएको थियो ।
यसैबिच, केही साताअघि सीएनएनका फ्रेडरिक प्लेइटजेनसँगको विशेष अन्तर्वार्तामा खाराजीले इरानले दीर्घकालसम्म युद्ध धान्न सक्ने विश्वास व्यक्त गरेका थिए । उनले कूटनीतिक समाधानको सम्भावना कम रहेको बताउँदै युद्ध अन्ततः आर्थिक दबाबका कारण टुङ्गिने दाबी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण