इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन : ट्रम्प
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल ट्याङ्करहरूमा शुल्क लगाउन नहुने जनाउँदै यदि त्यसो गरिरहेको छ भने तुरुन्तै रोक्न आह्वान गरेका छन् ।
सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज हुँदै जाने तेल ट्याङ्करहरूमा शुल्क लगाएको रिपोर्टलाई उद्धृत गर्दै यस्तो बताएका हुन् ।
पछिल्लो पोस्टमा, ट्रम्पले जलक्षेत्रमा ट्याङ्करहरू रोकिएको उल्लेख गर्दै इरानले अनुचित व्यवहार गरिरहेको र होर्मुजको जलक्षेत्रबाट तेल पार गर्न अनुमति नदिएर विश्वव्यापी रुपमा गैरजिम्मेवार बनिरहेको उल्लेख गरेका छन् ।
युद्धविराम लागु भएपछि पारवहन पुनः सुरु भएको रिपोर्ट गरिए पनि बिहीबार कुनै पनि जहाजले होर्मुज जलक्षेत्र पार नगरेको ढुवानी ट्र्याकिङ डाटाले देखाएको थियो । यसैबिच, अमेरिकी उपराष्ट्रपति जे.डी.भान्सले यदि इरानले जलक्षेत्र खोल्ने आफ्नो प्रतिबद्धता पालन गरेन भने युद्धविरामको तुरुन्तै अन्त्य हुने पुष्टि गरेका छन् ।
यस अघि बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले कूटनीतिक वार्ताका लागि इरानसँग दुई हप्ताको युद्धविरामका लागि पाकिस्तानको संयुक्त प्रस्तावलाई अनुमोदन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
-
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन: यस्तो छ आज बन्द सत्रको कार्यतालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण