कृष्ण प्रसाद भट्टराई स्मृति करातेमा पुलिसको बर्चस्व
काठमाडौँ । नेपाल पुलिस क्लब पाँचौँ कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ। ललितपुरको सातदोबाटोस्थित कराते एकेडेमीमा आइतबार सम्पन्न फाइनल चरणका खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै पुलिसले उपाधिमाथि कब्जा जमाएको हो।
पुलिसले कुल ७ स्वर्ण, ३ रजत र ३ कास्यसहित १३ पदक जित्दै च्याम्पियन ट्रफी उचाल्यो। प्रतियोगितामा विभागीय टोलीहरूकै दबदबा रह्यो। ६ स्वर्ण, ३ रजत र ४ कास्य जितेको एपीएफ क्लब दोस्रो स्थानमा सीमित भयो भने त्रिभुवन आर्मी क्लब ४ स्वर्ण, ६ रजत र १ कास्य पदकसहित तेस्रो स्थानमा रह्यो। कुल १७ वटा विधामा भएको प्रतिस्पर्धामा सातै प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूले सहभागिता जनाएका थिए।
पुरुष ५० केजी तौल समूहमा पुलिसका राकेश मानन्धरले गण्डकी प्रदेशका बमिन गुरुङलाई ६-१ ले हराउँदै स्वर्ण पदक जिते। ८४ केजी मुनिको समूहमा एपीएफका मोहम्मद शेखु आलमले बाजी मारे। उनले फाइनलमा कृष्ण बुढा मगरलाई ७-० को फराकिलो अन्तरले पराजित गरे। ५५ केजी तौल समूहमा एलोन श्रेष्ठ च्याम्पियन बने भने ६० केजीमा एपीएफका मीनबहादुर तामाङले स्वर्ण जिते।
त्यस्तै ६७ केजीमा एपीएफकै प्रदीप बैजाली मगरले स्वर्ण हात पार्दा पुरुष ८४ केजीमा तेन्जिङ शेर्पाले आर्मीका सुरेश जापरेललाई ९-० ले हराएर पहिलो स्थान सुरक्षित गरे। पुरुष ७५ केजीमा आर्मीका सिबु ओडले पुलिसका राजीव पुडासैनीलाई पाखा लगाउँदै स्वर्ण जितेका थिए।
महिलातर्फ ६८ केजी मुनिको फाइनलमा पुलिसकी आशिका राईले आर्मीकी सम्पदा केसीलाई १-० को कठिन स्कोरमा हराउँदै स्वर्ण जितिन्। ४५ केजीमा पुलिसकी वर्षा बुढा मगरले एपीएफकी आस्था लुहारमाथि ९-० को सहज जित दर्ता गरिन्।
५० केजीमा एपीएफकी अन्जली महर्जन र ५५ केजीमा आर्मीकी प्रियंका शाहीले आ-आफ्नो तौल समूहमा स्वर्ण पदक प्राप्त गरे। ६१ केजीमा पुलिसकी निरुपा तामाङ दोङले श्रद्धा सुनारलाई ८-३ ले पराजित गर्दै स्वर्ण पदक थपिन्। महिला ६८ केजी माथिको तौल समूहमा भने आर्मीकी श्रद्धा थापाले एपीएफकी महिमा राईलाई ८-७ को रोमान्चक अंक अन्तरले हराउँदै स्वर्ण जितेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
-
‘म एउटा जीवित मूर्ति हुँ’ : डीआर कंगोका प्रसिद्ध फुटबल समर्थकले जोगाएको प्याट्रिस लुमुम्बाको विरासत
-
माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश
-
व्यवसायी अजेय सुमार्गीको राहदानी रोक्का
-
‘स्वर्णिम र रविको फरक विचारले रास्वपामा लोकतान्त्रिक बहसको ढोका खोलेको छ’
-
युरोपको भिसा लागेको पासपोर्ट थानकोटबाट बरामद, छुटाउन ६ लाख माग्ने दुईजना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण