सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सारांश
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्यमा प्रतितोला ४०० रुपैयाँले गिरावट आएको छ।
- आज छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
- चाँदीको मूल्यमा पनि गिरावट आएर आज प्रतितोला ४ हजार ९०० रुपैयाँ कायम भएको छ।
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो।
महासंघले छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँ तोकेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५४ हजार ३७० रुपैयाँ कायम गरिएको छ। हिजो १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ७१५ रुपैयाँ रहेको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९०० रुपैयाँमा झरेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार २०० रुपैयाँ तोकिएको छ, जुन हिजो ४ हजार २६५ रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा मूल्य निर्धारण गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
-
प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति : सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण