वैशाख ६ गतेदेखि भोजपुर मेयर गोल्डकप हुँदै
सारांश
- भोजपुरमा वैशाख ६ गतेदेखि ९औँ संस्करणको भोजपुर मेयर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ।
- प्रतियोगितामा तीन ए डिभिजन क्लबसहित कुल ८ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ।
- विजेताले पाँच लाख र उपविजेताले तीन लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।
भोजपुर । ९औँ संस्करणको भोजपुर मेयर गोल्डकपमा तीन वटा ए डिभिजन क्लबको सहभागी रहने भएको छ । वैशाख ६ गतेबाट भोजपुर रंगशालामा सुरु हुने प्रतियोगितामा ए डिभिजनका तीन क्लब सहित जम्मा ८ टिमको सहभागिता रहने आयोजक जिल्ला फुटबल सङ्घले जनाएको हो ।
प्रतियोगिताका विजेता तथा उपविजेताले क्रमशः नगद पाँच लाख र तीन लाख प्रदान गरिने छ भने अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था रहेको भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले बताए ।
उक्त प्रतियोगितामा सातदोबाटो यूथ क्लब ललितपुर, प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँ, ए.एक्स. सिटी मोरङ, ए.पी.एफ फुटबल क्लब काठमाडौँ, केपीलासगढी गाउँपालिका खोटाङ, सङ्खुवासभा ११ सङ्खुवासभा, द गोर्खाज फुटबल क्लब उदयपुर र आयोजक जिल्ला फुटबल सङ्घ गरी ८ टिमले सहभागी जनाउने जिल्ला फुटबल सङ्घका महासचिव तुफान किरातले जनाएका छन् ।
प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले ३० लाख सहयोग गरेको छ बाँकी रकम अन्य प्रायोजकहरूबाट जुटाइने कोशी प्रदेश फुटबल सङ्घका उपाध्यक्ष सफल किराँतले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण