वाल स्ट्रिट जर्नलविरुद्ध ट्रम्पले दायर गरेको १० अर्ब डलरको मानहानी मुद्दा अदालतद्वारा खारेज
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नलविरुद्ध दायर गरेको १० अर्ब डलरको मानहानी मुद्दा फ्लोरिडाको संघीय अदालतले खारेज गरिदिएको छ।
- न्यायाधीश डारिन गेल्सले ट्रम्पले वाल स्ट्रिट जर्नलले वास्तविक द्वेष राखेको वा जानाजानी झुटो विवरण छापेको ठोस आधार पेश गर्न नसकेको ठहर गरेका छन्।
- अदालतले मुद्दालाई 'विथआउट प्रेजुडिस' खारेज गरेसँगै ट्रम्पलाई आफ्नो उजुरी सच्याएर पुनः दर्ता गर्ने अवसर दिएको छ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नलविरुद्ध दायर गरेको १० अर्ब डलरको मानहानी मुद्दालाई फ्लोरिडाको एक संघीय अदालतले खारेज गरिदिएको छ ।
ट्रम्पले उक्त समाचार संस्था र यसका मालिक रुपर्ट मर्डोकमाथि आफ्नो छवि बिगारेको आरोप लगाउँदै गत वर्ष मुद्दा हालेका थिए। विशेषगरी यौन अपराधी जेफ्री एप्स्टिनसँग ट्रम्पको सम्बन्ध रहेको दाबी गरिएको समाचारका विषयमा यो कानूनी लडाइँ सुरु भएको थियो ।
विवादको मुख्य जड गत जुलाई १७ मा प्रकाशित एक रिपोर्ट थियो जसमा सन् २००३ मा एप्स्टिनलाई दिइएको बर्थडे बुकमा ट्रम्पको नाम र उनले कोरेको एक महिलाको शरीरको चित्र समावेश भएको उल्लेख गरिएको थियो।
ट्रम्पले उक्त दाबीलाई पूर्णतया झुटो र फेक न्यूज भन्दै यसले आफ्नो प्रतिष्ठामा गम्भीर आघात पुरÞ्याएको जिकिर गरेका थिए। यद्यपि, अमेरिकी जिल्ला न्यायाधीश डारिन गेल्सले आफ्नो फैसलामा ट्रम्पको दाबीले वास्तविक द्वेषको कानुनी मापदण्ड पूरा गर्न नसकेको स्पष्ट पारेका छन्।
अमेरिकी कानुन अनुसार सार्वजनिक व्यक्तित्वले मानहानीको मुद्दा जित्नका लागि समाचार संस्थाले जानाजानी झुटो विवरण छापेको वा सत्यता जाँच्न चरम लापरबाही गरेको प्रमाणित गर्नुपर्ने हुन्छ। न्यायाधीश गेल्सले ट्रम्पले वाल स्ट्रिट जर्नलले खराब नियत राखेर उक्त सामग्री छापेको भन्ने ठोस आधार पेस गर्न नसकेको उल्लेख गरे।
यद्यपि, अदालतले यो मुद्दालाई ‘विथआउट प्रेजुडिस’ खारेज गरेकाले ट्रम्पलाई आफ्नो उजुरी सच्याएर पुनः दर्ता गर्ने ढोका भने खुला राखेको छ। उनलाई अप्रिल २७ सम्मको समय सीमा दिइएको छ।
ट्रम्पका वकिलहरूले भने यस हारलाई अन्तिम नमान्ने र अझ सशक्त रूपमा नयाँ मुद्दा दर्ता गर्ने बताएका छन्। उनीहरूले अमेरिकी जनतालाई भ्रममा पार्ने सञ्चारमाध्यमहरूलाई जवाफदेही बनाएरै छाड्ने दाबी गरेका छन्।
अर्कोतर्फ, वाल स्ट्रिट जर्नलले सुरुदेखि नै आफ्नो रिपोर्टिङको बचाउ गर्दै आएको छ। समाचारमा उल्लेख गरिएको जन्मदिनको सन्देशको विवरण पछि डेमोक्र्याटिक सांसदहरूले सार्वजनिक गरेको तस्बिरसँग मिलेको देखिएको थियो, जसलाई ट्रम्पले अझै पनि नक्कली भन्दै अस्विकार गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण