चरित्रहत्या गर्ने विरुद्ध खुश्बु ओली पुगिन् साइबर ब्यूरो
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले आफ्नो चरित्रहत्या गर्ने विरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी छिन्।
- उनले सामाजिक सञ्जालमा आधारहीन र भ्रामक सामग्री फैलाउनेहरू विरुद्ध कानुनी कारबाहीको माग गरेकी छिन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले आफ्नो विरुद्ध सामाजिक सञ्जालमार्फत दुष्प्रचार र चरित्रहत्या गर्ने खालका गतिविधि भइरहेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन्। उनले सोमबार नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा लिखित उजुरी दर्ता गराएकी हुन् ।
केही फेसबुक पेज, टिकटक र युट्युब च्यानलहरूले योजनाबद्ध रूपमा आफ्नो व्यक्तिगत र सार्वजनिक जीवनमा क्षति पुर्याउने उद्देश्यले आधारहीन र भ्रामक सामग्री प्रसारण गरेको उनको भनाइ छ। यस विषयमा सुरुमै सम्बन्धित व्यक्तिहरूलाई सचेत गराउँदै त्यस्ता गतिविधि रोक्न भने पनि चेतावनीलाई बेवास्ता गरी दुष्प्रचार जारी राखिएपछि बाध्य भएर कानुनी प्रक्रियामा जानुपरेको उनले बताएकी छिन्।
ओलीले यस्ता गतिविधिलाई सामान्य आलोचना वा अभिव्यक्ति स्वतन्त्रता नभई आफ्नो छवि धूमिल पार्ने संगठित प्रयास भनेकी छन्। उनले साइबर दुरुपयोग र दुष्प्रचार गर्नेहरू विरुद्ध कानुनी राज्यको प्रक्रिया अनुसार आवश्यक कारबाही हुनेमा विश्वास व्यक्त गरिन् ।
अहिलेको समयमा घृणा फैलाउनुलाई एउटा व्यापार जस्तो बनाइएको भन्दै उनले आक्रोश समेत व्यक्त गरिन्। कसैको जीवनमा क्षति पुर्याएर घृणाबाट लाभ कमाउने प्रवृत्ति अनैतिक र पतित सोच भएको समेत उनले फेसबुकमार्फत उल्लेख गरेकी छन् । यस्तो मानसिकता समाजका लागि खतरा भएको र यसलाई कुनै पनि हालतमा सामान्यीकरण गर्न नमिल्ने भन्दै उनले दोषीमाथि कारबाहीको माग गरेकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण