एमालेले ल्याएको ‘सगरमाथा संवाद’लाई बालेन सरकारकाे निरन्तरता
सारांश
- बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेको पहलमा सुरु भएको 'सगरमाथा संवाद'लाई निरन्तरता दिने निर्णय गरेको छ।
- सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रमा जलवायु परिवर्तन र हिमालयको मुद्दामा नेतृत्वदायी भूमिका निर्वाह गर्न यस कार्यक्रमलाई अघि बढाउने उल्लेख छ।
काठमाडौँ । नेकपा (एमाले) नेतृत्वको सरकारले अघि सारेको गौरवको कूटनीतिक पहल ‘सगरमाथा संवाद’लाई बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले निरन्तरता दिएको छ ।
सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रमा नेपाललाई विश्वमञ्चमा जलवायु परिवर्तन र हिमालयको मुद्दामा नेतृत्वदायी भूमिका दिलाउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रमलाई सरकारको नीति तथा कार्यक्रममार्फत अघि बढाउन खोजेको हो ।
प्रतिबद्धतापत्रको बुँदा नम्बर १४ मा सगरमाथा संवादलाई निरन्तरता दिने स्पष्ट उल्लेख नेकपा एमालेको चुनावी घोषणापत्रमा ‘सगरमाथा संवाद’लाई आर्थिक कूटनीति र अन्तर्राष्ट्रिय प्रभाव विस्तारको महत्त्वपूर्ण माध्यमका रूपमा उल्लेख गरिएको थियो ।
के हो सगरमाथा संवाद ?
सगरमाथा संवाद नेपाल सरकारद्वारा सन् २०१९ मा घोषणा गरिएको एक बहुपक्षीय विश्वव्यापी संवाद मञ्च हो। यो अवधारणा अन्तर्गत जलवायु परिवर्तनमा केन्द्रित भई विश्वव्यापी मञ्चमा हिमाली कूटनीतिलाई अघि बढाइनेछ।
जलवायु परिवर्तनले विशेष गरी हिमाली क्षेत्रमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउनु यसको मुख्य उद्देश्य हो। यसमा विश्वभरका राष्ट्रप्रमुख, सरकार प्रमुख, वातावरणविद्, अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याएर छलफल गराइन्छ।
यसको पहिलो संस्करण गत जेठमा सम्पन्न भइसकेको छ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने सरकारको प्रतिबद्धतापत्रमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण