उपत्यकामा चल्न थाले रात्रिकालीन बस, तस्बिरहरू
काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सुरु भएको छ । साझा यातायातले आज बेलुकी ८ देखि ११ बजेसम्म रात्रिकालिन बस सेवा सुरु गरेको हो । यो सेवाको उद्घाटन काठमाडौँ महानगरपालिकाकी कार्यकारी प्रमुख सुनिता डङ्गोलले गरेकी हुन्।
काठमाडौँ महानगरपालिकाका अनुसार सुरुमा दुई मुख्य रुटमा चार वटा बस चले पनि आवश्यकता हेरेर फेरि थपिँदै लगिनेछ । महानगरपालिकाका अनुसार तोकिएको रुटका बस स्टपहरूमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् ।
तर, धेरै बेर यात्रुलाई कुरेर बस रोकिने छैनन् । रातिको समयमा धेरै यात्रुहरू नहुने भएकाले यात्रु देखेपछि वा हात दिएपछि मात्रै बस रोकिनेछन् । बसमा सिसिटिभी क्यामरा जडान हुनेछन् भने महानगर नगर प्रहरीले सुरक्षा समेत दिनेछ।
महानगरका अनुसार ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूतिगृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । यो रुटमा उत्तर–दक्षिण गरी १६ किलोमिटरको एकतर्फी रुट पर्छ ।
अर्को रुट थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म चल्नेछ । यसलाई पूर्व–पश्चिम दिशाको एकतर्फी दूरी २० किलोमिटर तोकिएको छ।
_zegmWn5zKX.jpg)
_nucTu58MG3.jpg)
_84geT1Znnm.jpg)
_VokKl2uLEv.jpg)
_c13TKxi56s.jpg)
_UdKV40UVgT.jpg)
_aCzfer4u8N.jpg)
_N8WtaDBo6I.jpg)
_81jKD7lnHI.jpg)
_TCZe2FcYhI.jpg)
_lbXxk3wrej.jpg)
_Ub52UCiAum.jpg)
_lswfkpAeoG.jpg)
_E1xeQCOfXM.jpg)
_MaupYiUSWy.jpg)
_hL0JAREhEC.jpg)
_yVlKUbB0P3.jpg)
_QKHQkZVI70.jpg)
_RFZJj7gdSF.jpg)
_fERFrbBmWN.jpg)
_RfHIJleAE5.jpg)
_ntH1WxXwFz.jpg)
_NHHstLYGgm.jpg)
_X3Z0RYxAaC.jpg)
_cnzSvtoyki.jpg)
_bznJuy3XpK.jpg)
_KwgujcP5Y0.jpg)
_EMcbxHSaZb.jpg)
_IycQOuR9Vk.jpg)
_MEINumCWaj.jpg)
_178D2Z6kh7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण