सभामुख र उद्योगमन्त्रीबिच भेट, निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड
सारांश
- सभामुख डोल प्रसाद अर्यालले उद्योगमन्त्री गौरी कुमारीसँग भेट गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत सुधारमा जोड दिएका छन्।
- सभामुख अर्यालले कम्पनी दर्ता र बन्द गर्ने प्रक्रियालाई झन्झटमुक्त बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
- सभामुख अर्यालले आजै संविधान सभा सदस्य परिषद्का पदाधिकारीसँग छलफल र सरकारी आवासको अवलोकन गरेका छन्।
काठमाडौँ । बुधबार सभामुख डोल प्रसाद डीपी अर्यालसँग उद्योगमन्त्री गौरी कुमारीले भेट गरेकी छन् । भेटका क्रममा सभामुख अर्यालले कम्पनी दर्ता तथा बन्द गर्ने प्रक्रियालाई सहज बनाउनुका साथै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिए।
सभामुख अर्यालले निजी क्षेत्रको भूमिकालाई महत्त्वपूर्ण बताउँदै उनीहरूलाई थप अवसर प्रदान गर्न र लगानीमैत्री वातावरण सिर्जना गर्न नीतिगत सहजता आवश्यक रहेको पनि औँल्याएका थिए । उनले कम्पनी दर्ता प्रक्रियालाई झन्झटमुक्त बनाउन र बन्द गर्ने प्रक्रियालाई पनि सरल बनाउनुपर्नेमा जोड दिए ।
यस्तै आजै सभामुख अर्यालले संविधान सभा सदस्य परिषद्का पदाधिकारीहरुसँग पनि छलफल गरे । छलफलमा परिषद्का गतिविधि र भावी कार्ययोजनाबारे विमर्श भएको बुझिएको छ।
सभामुख अर्यालले भैँसेपाटीस्थित सरकारी आवासको पनि आजै अवलोकन गरेका थिए । उनी प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस कार्यक्रममा पनि सहभागी भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण